हेटौंडाका तीन वटा क्याम्पसको स्ववियु चुनाबको यस्तो छ नतिजा
हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्र रहेका तीन वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका लागि भएको निर्वाचनको अन्तीम नजिता आएको छ । यहाँको हेटौंडा क्याम्पसमा अनेरास्ववियुको तर्फबाट अध्यक्ष पदमा अभि मैनाली निर्वाचित भएका छन् ।
मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु र नेविसंघको सयुक्त प्यानलबाट उम्मेदवार बनेका मैनाली २५१ मतका साथ निर्वाचन भएका हुन् । उनका प्रस्तिस्पर्धी अखिल क्रान्तिकारीका दिपक वाइबा तामाङले ११९ मत प्राप्त गरेका छन् ।
सचीव पदमा अनेरास्ववियुका गणेश तिमल्सिनाले २७१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी क्रान्तिकारीका ईश्वर ढुङ्गेलले ९१ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा नेविसंघका सुरज बोलखेले २३६ मत प्राप्त गर्दा क्रान्तिकारीकाकी प्रास्ना दोङले ११५ मत प्राप्त गरे ।
त्यस्तै सदस्यहरुमा शिशिर ढकाल, मुना शिकारी, नितेश भण्डारी, नितिश कुमार यादव र अखिलेस कुमार यादव निर्वाचित भएका छन् ।
साथै समानुपातिक तर्फ अनेरास्ववियुले २२०, अखिल क्रान्तिकारीले ९५ र नेविसंघले ५७ मत प्राप्त गरेको छ । निर्वाचनमा ३७४ विद्यार्थीले मतदान गरेका थिए ।
यसैगरी स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अन्तर्गत हेटौँडाको वन विज्ञान क्याम्पसको सभापतिमा नेविसंघको तर्फबाट श्यामराज भट्ट निर्वाचित भएका छन् । नेविसंघ र अनेरास्ववियुको प्यानलबाट भट्ट २४६ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी अनेरास्ववियु ९क्रान्तिकारी०का छत्र शाहीले ११८ मत ल्याए ।
सचिवमा अनेरास्ववियुका सुगम भुसाल क्षेत्री २६७ मत सहित विजयी बन्दा उनका प्रतिस्पर्धी रमेश सिह बोहराले १०१ मत प्राप्त गरे । कोषाध्यक्षमा नेविसंघकी पूर्णिमा पन्त १६७ मत सहित विजयी हुँदा उनकी प्रतिस्पर्धी क्रान्तिकारीकी निरुता श्रेष्ठले १०२ मत ल्याइन् । सदस्यतर्फ पनि गठबन्धनकै युनिशा धामी, विनय तिमल्सिना,रोहन केसी, जष्टिना श्रेष्ठ र किरणकुमार रावल विजयी भए ।
यसैगरी स्वतन्त्र विधार्थी युनियन निर्वाचन अन्तरगत मकवानपुरको निर्मल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुलेले प्यानल सहित जित हासिल गरेको छ ।
कुल ८७ मतदाता रहेकोमा ८४ मत खसेकोमा अनेरास्ववियुका अध्यक्षका उम्मेदवार प्रशान्त भण्डारीले ५३ मत सहित विजयी भएका छ्न । उनको प्रतिस्पर्धी अखिल समाजवादीकि नविना घलानले ३१ मत ल्याईन । त्यसैगरि सचिवमा मुना भण्डारी, कोषाध्यक्षमा सविन अर्याल विजयी बने ।







