मकवानपुरमा सवारी दुर्घटनामा चार जना घाइते

जनपत्र
३ चैत्र २०८१, सोमबार ०९:०४

हेटौंडा । मकवानपुरमा सवारी दुर्घटनामा चार जना घाइते भएका छन् ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३ धाराखोल्छा स्थित दक्षिणकाली सडक खण्डमा काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको यात्रु बाहक भारतिय UP70NT 6917  नंबरको फोर्स गाडिको ब्रेक फेल भइ रोडको वायाँ साइडमा ठोक्किन गइ दुर्घटना हुदाँ चार जना यात्रु घाइते भएका हुन् ।

गाडिमा १७ जना सवार मध्ये ४ जना यात्रु घाइते भइ उपचारको लागि हेटौडा अस्पातालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*