मकवानपुरका क्याम्पसहरुमा स्ववियु चुनावको रन्को

जनपत्र
२ चैत्र २०८१, आईतवार ०७:२१

हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका क्याम्पसहरुमा यसको सरगर्मी पनि बढ्न थालेको छ । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न यतिबेला विद्यार्थी सङ्गठन अन्तिम तयारीमा जुटेका छन् । देख्दा विद्यार्थी सङ्गठनको चुनाव भए पनि यसको रन्को मातृपार्टीसम्म पुगेको छ ।

मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस लगायतका अधिकांश क्याम्पसमा निर्वाचन कार्यतालिका अनुरूप गतिविधि अघि बढिरहेको छ । स्ववियु निर्वाचन चैत ५ गते सम्पन्न हुँदै छ । यस्तो चुनाव प्रत्येक दुई वर्षको अन्तरालमा हुने गरेको छ ।

चुनावी मैदानमा यहाँका दुइ वटा क्यापसमा भने छुट्टा छुट्टै प्यानलनै बनाएर मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, राप्रपा लगायतका पार्टीका बिद्यार्थी संगठनहरु आफ्ना पक्षमा मत धेरै ल्याउनका लागि दिन रात नभनीकन खटिएको बिद्यार्थीहरुले बताएका छन् ।

एकातिर विद्यार्थी सङ्गठनको हक–अधिकार सुनिश्चित गर्नुपर्ने र अर्कोतर्फ आफैँमा नेतृत्व क्षमता विकास गर्ने अवसरका रूपमा विद्यार्थी सङ्गठनले यस निर्वाचनलाई प्रयोग गर्न खोजेका छन् ।

मकवानपुर बहुमुखी क्याम्पसमा सबै भन्दा धेरै चुनाबी सरगर्मी बडेको छ । अहिले यहाँका क्यापसहरुमा बिदा भएकाले घरघरमा गएका बिद्यार्थीहरुलाई मतदानको दिनमा कसले ल्याउने भन्ने चिन्ता पनि त्यतीकै बढेको बिद्यार्थीहरु बताउँछन् ।

मकवानपुरका दुइ ठुला क्याम्पस हेटौंडा क्याम्पस र मकवानपुर क्यापसमा धेरै बिद्यार्थी तराइका जिल्लाबाट अध्यक्षनका लागि आउने गरेका छन् । तर, होली पर्ब लगायतका बिदाका कारण उनीहरु क्याम्पसमा मतदान गर्न आइहाल्ने अवस्था पनि छैन । घरमा रहेका बिद्यार्थीहरुलाई मतदानको दिन जसले ल्याउन सक्छ उसैले चुनाब जित्न सक्ने आकलन गरिएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुका अध्यक्ष समिक बडालले स्ववियु निर्वाचनका लागि आफूहरूले स्पष्ट एजेन्डा लिएर प्रचार प्रसारमा लागेको बताउनुभयो ।

हिमाली तथा पहाडी जिल्लाका क्याम्पसको स्ववियु निर्वाचनमा मुख्य गरी नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका विद्यार्थी सङ्गठनबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मधेश प्रदेशमा मधेशवादी दलका विद्यार्थी सङ्गठन पनि मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणालीबाट हुने छ । स्ववियु निर्वाचन कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ । यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । चैत ५ गते ठिक दुई वर्ष पुग्छ । कानुनी जटिलता नआओस् भनेर अघिल्लो पटक निर्वाचन भएको मितिमै निर्वाचन गर्ने निर्णय त्रिविले गरेको हो ।

प्रत्येक दुईरदुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालपछि एकै पटक २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशैभरि केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्यतिबेला १२ वटा आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन । त्रिवि अन्तर्गत ६२ वटा आङ्गिक र एक हजार ६० वटा सम्बन्धन प्राप्त क्याम्पस छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*