मकवानपुरका दुग्ध उत्पादक किसानका दुःखः न सरकारले तोकेको मूल्य पाउँछन्, न समयमा भुक्तानी
हेटौंडा । मकवानपुरका दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो ।
भारतबदुग्धजन्य पदार्थ आएपछी यहाँका किसानहरुले निजी क्षेत्रका साना डेरीहरुलाई दूध सस्तोमा बिक्री गर्न बाध्य भएका छन् । दुग्ध सहकारीमा दूध बिक्री गर्दा समयमानै भुक्तानीको समस्याले निजी डेरीहरुलाई दूध बिक्री गर्दा सस्तो मुल्यमा बिक्री गर्नुपरेको मकवानपुरगढीका किसान कृष्ण घिमिरे बताउँछन् ।
निजी डेरीहरूले कम मूल्यमा दूध लैजाने गरेको उनको भनाइ छ । विकल्प नहुँदा सस्तोमा दूध बिक्री गर्न बाध्य भएको किसान बताउँछन् । दूधको आयात नरोकिँदा निजी डेरीले दूध नलैजाने धम्की दिँदै मूल्य घटाउने गरेका हुन् ।
अहिले दूध र दुग्धजन्य पदार्थ आयात हुँदा सस्तोमा पाउने भएकाले मकवानपुरका किसान मर्कामा परेका हुन् । विगत ६ महिनादेखिको दूधको भुक्तानी नपाएका किसानलाई आफूले भनेको मूल्यामा दूध नपाए भोलिबाट दूध लिन आउँदिन भन्ने गरेको किसानहरुको गुनासो छ।
भुक्तानी माग्दा दूध लिन नआउने डरमा किसान रहेको हेटौंडा १६ का किसान स्याम सापकोटा बताउँछन् । अहिले जिल्लाका किसानले लाखौ रुपैयाँ भुक्तानी पाउन सकेका छैनन् । भदौयता दुग्ध विकास संस्थान र निजी कम्पनीबाट दुग्ध उत्पादक किसानले भुक्तानी नपाएका हुन् । मकवानपुरका बिभीन्न स्थानीय तहमा सयौ किसानहरुले दूध बिक्री गर्ने गरेका छन् ।







