उच्च अदालत बार हेटौंडाको अध्यक्षमा भट्टराइ
हेटौंडा । उच्च अदालत बार एशोसियसन हेटौंडाको निर्वाचनबाट अधिवक्ता मनप्रसाद भट्टराई अध्यक्षमा निर्वाचित हुनु भएको छ । आज भएको निर्वाचनबाट भट्टराइ अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
यसैगरी उपाध्यक्षमा रामकृष्ण देउला, सचिवमा सुजन तिमल्सिना, सह सचिवमा पम्फा पुरी, कोषाध्यक्ष रीमा प्याकुरेल, सदस्यहरुमा एक नारायण शर्मा, केशब प्रसाद अर्याल, हरिहर खतिवडा, ध्रुव सिह बिष्ट, दीपेन्द्र बानिया, चुडा प्रसाद उप्रेती, गणेश अधिकारी, निशा क्षेत्री चयन हुनु भएको छ । यसैगरी केन्द्रीय पार्षदमा कृष्ण प्रसाद अर्याल, केशव प्रसाद गौतम, शिव प्रसाद बञ्जारा र श्रीराम दहाल चयन हुनु भएको छ ।







