संघीयता खारेजी र राजसंस्था पुनरस्थापनाको एजेण्डा अब पुरा हुन्छ– कमल थापा
हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयता खारेजी र राजसंस्था पुनरस्थापनाको एजेण्डा अब पुरा हुने बताउनु भएको छ । बिगतमा यो एजेण्डा आफुहरुले राख्दै आएको अब भने पुरा हुने चरणमा पुगेको उहाँले बताउनुभयो ।
अहिलेको अवस्थामा राजनीतिक दलहरुप्रति जनताको घृणा बढ्दै गएको अध्यक्ष थापाले बताउनुभयो । राप्रपा नेपाल मकवानपुरको आयोजनामा आज हेटौंडामा भएको अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै उहाँले यस्तो कुरा बताउनु भएको हो ।
देशलाई ठुला दलले ब्रमलुट गरेको बताउनुभयो । धेरै युवाहरु विदेश पलायन हुँदा अहिले क्याम्पसहरु पनि बन्द हुने अवस्थामा पुगेको बताउनुभयो । अहिलेकै अवस्था रहने हो भने सरकारले कर्मचारीहरुको तलब भत्ता र सामाजिक सुरक्षा भत्ता पनि दिन नसक्ने अवस्था हुने बताउनुभयो ।
कार्यक्रममा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, राप्रपा नेपालका गुरुप्रसाद सापकोटा लगायतकाले आफ्ना धारणाहरु राख्नु भएको थियो ।







