हेटौंडाको मयुरधापमा औद्योगिक क्षेत्र निर्माण हुँदा सयौं जनाका लागि रोजगारी सृजना हुन्छ–महेश वर्तौला

जनपत्र
१२ माघ २०८१, शनिबार ११:३७

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ का सांसद तथा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले हेटौंडाको मयुरधापमा नयाँ औद्योगिक क्षेत्र निर्माणको काम सकेर सयौ युवाहरुलाई रोजगारी दिनुपर्ने बताएका छन् ।

आज बिहान मकवानपुरका पत्रकारहरुसंगको भेटघाटका क्रममा सांसद बर्तौलाले मन्त्रीपरिषद्ले पास गरेर संसदले पास गरेर औद्योगि क्षेत्र निर्माणका लागि काम गर्दा एक जना सचिबले रोकेकोमा आपत्ति जनाए । मयुरधापमा औद्योगिक क्षेत्र निर्माण गर्दा ६२ वटा नयाँ उद्योग खोल्न सकिने र त्यही अनुसार रोजगारी सृजना हुने अनी सरकारलाई अरबौ रुपैयाँ राजस्व संकलन हुने उनले बताए ।

सरकारले सिलान्यास गरेर काम सुरु गर्दा वन सचिबका कारण यतीको ठुलो काममा बाधा पुगेको सांसद बर्तौलाको भनाई छ ।
मध्यवर्ति र निकुन्जका कारण मकवानपुरको मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरका केही वडाका वासिन्दाहरुलाई समस्या परिरहेको उनले बताए । यसका लागि कानूनै संशोधन गरेर अध्यादेश ल्याउँदा समेत अदालतको त्यो अध्यादेशलाई कार्यन्यन गर्न रोक लगाएको उनले बताए ।

निकुन्ज र मध्यवर्तिका कारण यहाँका नागरिकले बाघ, हात्ति, गैडाको समस्या बेहोर्नु परेको उनको भनाई छ । यस विषयमा आफुलेनै पहिले कुरा उठाएको सांसद बताएलाले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकारिता पछील्लो समय निकै चुनौती पूर्ण बन्दै गएको बताइन । सामाजिक सञ्जालमा लेखेका कुरा र समाचारमा आएका विषयलाई एउटै रुपमा लिदा थप समस्या भएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*