बागमती प्रदेश सभा बैठक माघ १८ गते आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय

जनपत्र
११ माघ २०८१, शुक्रबार १७:४५

मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको १५ औं अधिवेशन बैठक आह्वान गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बैठकले प्रदेश सभाको अधिवेशन बैठक आह्वान गर्न प्रदेश प्रमुख दिपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले यही माघ १८ गते बिहान ११ बजे बस्ने गरी आह्वान गर्न प्रदेश प्रमुख देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

यस्तै, बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्रदेश चलचित्रसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।

यसैगरी, बैठकले भौतिक पूर्वाधार मन्त्रालयको भवन नीतिको सन्दर्भमा स्वीकृत गर्ने र कामकाजी भाषा तामाङ र नेवार भाषलाई कार्यान्वयन गर्न कार्यदल बनाएर प्रदेश कामकाजी भाषा एने २०८१ कार्यान्वयनको लागि सुझाव पेश गर्न स्वीकृत प्रदान गर्ने लगायत विभिन्न निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*