हेटौंडामा निकै सस्तियो टमाटर र काउलीको भाउ

हेटौंडा । हेटौंडा बजारमा टमाटर र काउलीको भाउ निकै स्तिएको छ । काउली सस्तोमा पाउँदा उपोक्ताहरु खुसी भएपनि किसानहरु भने निकै चिन्तीत भभएका छन् । सिजनै टमाटर र काउलीको मुल्यमा उच्च गिरवट आएको छ । किसानका खेतबारीमा टमाटर र काउली टिप्नका लागि भ्याइ नभ्याइ छ । तर, बजारमा मुल्य नपाउँदा किसान निरास भएका छन् ।
करिब एक महिनाअघिसम्म प्रतिकेजी एक सय रुपैयाँ सम्ममा बिक्री भएको काउली अहिले एकाएक सस्तिएपछि यहाँका किसान निकै चिन्तामा छन् । यसैगरी एक महिना अघिसम्म टमाटरको मुल्य प्रतिकेजी १४० रुपैयाँमा उपभोक्ताहरुले खरिद गर्दै आएका थिए । भहिले भने टमाटर प्रतिकेजी ३५ रुपैयाँ सम्ममा खरिद गरिएको हेटौंडा–५ का उपभोक्ता श्याम तिमल्सीना वताउँछन् ।
उपभोक्ताहरुले सस्तोमा खरिद गर्ने समयमा मकवानपुरका किसानहरु भने झनै मारमा परेका छन् । अहिलेको सिजनमा काउली र टमाटर निकै सस्तोमा बिक्री गर्नुपर्दा लगानीको आधार रकम पनि नउठेको किसानहरु बताउँछन् । टाढाबाट ढुवानी गरेर ल्याउनुपर्ने र अनी हेटौंडाको थोक बजामा सस्तो मुल्यमा बिक्री गर्नुपर्दा थप समस्या भएको मकवानपुरको हाँडीखोलाका किसान उज्वल घिमिरे बताउँछन् ।