मकवानपुरबाट २१२ केजी गाँजा र पिकअप गाडी प्रहरीको नियन्त्रणमा

जनपत्र
६ माघ २०८१, आईतवार १८:३६

हेटौंडा । मकवानपुरबाट २१२ केजी गाँजा र पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएकोछ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंबर–५ चैनपुरमा प्रहरीले यतीका धेरै परिमाणको गाँजा नियन्त्रणमा लिएको हो ।

कैलाश तर्फबाट मनहरी तर्फ आउँदै गरेको बा १० च ७७५८ नम्वरको बोलेरो पिक गाडी प्रहरीलाई देख्नासाथ गाडी चालक तथा अर्का १ जना व्यक्तीहरु सडकमा गाडी छोडी भागी फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले तत्कालै स्थानीय मानिसहरुको रोहवरमा खानतलासी गर्दा उक्त गाडीको पछाडी ढालाको भागमा लुकाई छिपाई गरी ल्याईएको अवस्थामा गाँजा २१२ किलो फेला परेको हुँदा उक्त गाँजा र गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*