हेटौंडामा कृषक पाठशालाको कृषक दिवस तथा समापन कार्यक्रम सम्पन्न

जनपत्र
१५ पुष २०८१, सोमबार ०७:५१

हेटौंडा । हेटौंडामा कृषक पाठशालाको कृषक दिवस तथा समापन कार्यक्रम सम्पन्न भएको छ । सृजनशील नेपालको आयोजनामा हेटौंडा १७ नं वडा स्थित पुवाले टोलमा रहेको रिखेश्वरी महिला कृषक समुहको सहभागितामा कोदो बालीमा संचालन गरिएको रिखेश्वरी आइ.पि.एम. कृषि पर्यावरणीय कृषक पाठशालाको कृषक दिवस तथा समापन कार्यक्रम शनिबार हेटौंडा १७ पुवालेमा समपन्न भएको छ । KZE/MISEREOR जर्मनी तथा कारितास नेपालको आर्थिक सहयोग बाट सृजनशील नेपाल द्धारा हेटौंडा १६, १७ र १८ मा संचालित सामाजिक कल्याण तथा दिगो कृषिको लागि महिला शसक्तिकरण अन्तर्गत परियोजना अन्तर्गत यस कार्यक्रम संचालन गरिएको हो ।

सृजनशील नेपालको अध्यक्ष शान्ता बराल ज्युको अध्यक्षता एंव जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान ज्युको प्रमुख आतिथ्यता रहेको यस कार्यक्रममा स्थानीय टोल विकास संस्था तथा सामुदायिक वनका पदाधिकारी लगायत हेटौंडा १६, १७ र १८ का महिला कृषक समुहका सदस्यहरु सहित स्थानीयको सहभागिता रहेको थियो ।

स्थानीय लोकल तथा रैथाने बाली लाइ प्रोत्साहन एंव प्रवद्र्धन गर्ने तथा हाल कोदो बालीमा समेत धेरै रोगहरु देखिएको कारणले कोदो बाली लाइ छनौट गरी बाइस हप्ता सम्म आइ.पि.एम. प्रशिक्षक घमराज तिमल्सिनाले पाठशाला लाइ सहजीकरण गनु भएको थियो । यस पाठशालामा आइ.पि.एम. प्लट, कृषक प्लट, जातिय परिक्षण प्लट र मलखाद परिक्षण प्लट गरी चार वटा प्लटमा कोदो लगाएर परिक्षण गरिएको थियो । जसको विस्तृत विवरण (विरुवाको वृद्धि, फैलावट, पात संख्या आदी) हप्तामा एक पटक लिएर कक्षा संचालन गर्दै उक्त कक्षामा विरुवाको विस्तृत विवरण आएको बाट प्रस्तुतीकरण तयार गरी सहभागीहरु द्धारा प्रस्तुतीकरण प्रस्तुत गर्ने गरिएको थियो । यदि कोदोमा कुनै समस्या देखिए त्यस लाइ पनि समाधानका उपायहरु ज्ैविक तवर बाट अवलम्वन गर्ने गरिएको थियो । यस कार्यका निम्ति सहभागीहरु लाइ चार समुहमा विभाजन गरिएको थियो ।
कृषक पाठशालाको समापन कार्यक्रममा पाठशालाका सहभागी तथा प्रशिक्षक द्धारा कृषि सम्बन्धित सन्देशमुलक गित तथा लघु नाटक समेत प्रस्तुत गरिएको थियो । पाठशाला संचालनको क्रममा सहभागीहरु बाट लिइएको मुल्याङ्कन प्रश्नोत्तरको आधारमा चार वटा समुह लाइ प्रथम, द्धितिय, तृतिय र सान्त्वना पुरस्कार समेत वितरण गरिएको थियो । साथै कृषक पाठशालाका प्रशिक्षक लाइ सम्मान पत्र एंव सहभागीहरु लाइ प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष ललित घलान ज्युले रासायनिक विषादीको प्रयोगले हामीले खाने खाना असवस्थकर हुदै जाँदा धेरै किसिमका स्वास्थ्य संगै वातावरणीय समस्याहरु देखा परेकोले कृषि पर्यावरण लाइ ध्यान दिइ यस खालका कार्यक्रम आयोजना गरिएकोमा आयोजक संस्था लाइ धन्यवाद सहित यस संस्थाको कार्यक्रमले यस क्षेत्रको महिलाहरुको सामाजिक तथा आर्थिक विकासको निम्ति अग्रणी भुमिका खेलेकोले हाल महिलाहरु आफै आफ्नो सवालको पहिचान गरी शसक्त रुपमा अगाडी आउन सक्ने क्षमताको अभिवृद्धि भएकोले खुसी व्यक्त गर्दै कोदो बालीमा कृषक पाठशाला संचालन गर्दा यसले रैथाने तथा लोकल खानाको रुपमा परिचित कोदो बाली लाइ प्रवद्र्धन गर्न सहयोग पुगेको बताउनु भयो । साथै, यस खालको कार्यक्रमले कृषि पर्यावरण लाइ जोगाउन मद्दत गर्नुका साथै मानवीय स्वास्थ्यको दृष्टिकोण बाट अझ महत्वपुर्ण भएकाले कार्यक्रमका सहभागीहरु लाइ कार्यक्रम बाट सिकाइ भएका विषय लाइ व्यवहारमा उर्तान आग्रह गनु भयो । साथै, आफ्नो क्षेत्र बाट गर्नु पर्ने आवश्यक समन्वय गरिने बताउनु भयो ।

मनतव्यका क्रममा कार्यक्रमको अध्यक्ष एंव सृजनशील नेपालको अध्यक्ष शान्ता बरालले भन्नु भयो, ‘‘विशेषगरी यस कृषक पाठशालाले लोकल तथा रैथाने कोदो बालीको प्रवद्र्धन गर्दै कोदोमा लाग्ने रोग व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा धेरै कुराहरु सिक्नु भएको छ, वास्तवमा बाइस हप्ता संचालन भएको पाठशाला आज समापन भए पनि अब आफुले आर्जन गरेको ज्ञान सिप अरुलाइ सिकाउने यो सुुरुवात हो । हाल तिब्र रुपमा बढिरहेको रसायनिक मल तथा बिषादिको प्रयोगका कारण खेतिबालीमा कृषकको लागत बढिररहेको छ भने मानव स्वास्थ्यमा अझ यसले प्रत्यक्ष रुपमा नकरात्मक असर गरेको छ भने अर्को तिर यसले कृषि पर्यावरणमा पनि उतिकै नकरात्मक असर पारेको छ ।

यस कारण स्थानीय स्तरमा उपल्बध स्रोत साधनहरुको उच्चतम प्रयोग गर्दै कृषि पर्यावरणमा सुधार ल्याई किसानहरुले जैविक मल तथा बिषादि कसरी बनाउने र प्रयोग गर्ने भनेर सिक्नु भएको छ, जसरी सक्रियता पुर्वक यस कृषक पाठशालामा सहभागि हुनु भयो त्यसरी नै सिके जानेका विषयवस्तु व्यवहारमा लागु गर्नु होला ।’’ किसानहरुलाई कृषि पर्यावरणीय खेतीतर्फ आकर्षित गर्नका निम्ति समेत यस पाठशालाले अभिप्रेरित गरेकाले सहभागीहरु लाइ पाठशाला बाट भएको सिकाइ लाइ व्यवहारमा लागु गर्नका निम्ति उहाँले अभिप्ररित समेत गर्नु भएको थियो । साथै, उहाँले कृषक पाठशालामा सक्रिय सहभागी तथा प्रभावकारी तवर बाट संचालन गर्नु भएकोमा प्रशिक्षक तथा पाठशालाको सहभागीहरु लाइ धन्यवाद दिनु भयो । साथै, कार्यक्रमको प्रमुख अतिथि, स्थानीय सरोकारवालाहरु लगायत कार्यक्रमका सहभागीहरु सम्पुर्ण लाइ धन्यवाद ज्ञापन गर्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*