मकवानपुरमा लागुऔषध खैरो हेरोइन सहित ७ जना पक्राउ

जनपत्र
१२ पुष २०८१, शुक्रबार १९:३३

हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडाको विभिन्न स्थानबाट ७ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। हेटौंडा–१७ हटिया र पुरानो मकवानपुर रोडबाट खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरिएको हो।

बिहीबार राति ९ बजे हेटौंडा–१७ हटिया दाविलेस्थित विदन कुमार भुजेलको घरमा विशेष सूचनाको आधारमा छापा मार्दा २.५४ ग्राम खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूमा ३२ वर्षीय विदन कुमार भुजेल र बारा विश्रामपुर गाउँपालिका–८ नकाटुवा टोल निवासी २१ वर्षीय शेख आजाद रहेका छन्।

उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

त्यसैगरी, बिहीबार दिउँसो ३ बजे पुरानो मकवानपुर रोडस्थित शिशिर राजथलाको घरमा छापा मारेर ४ ग्राम लागुऔषधसहित थप ५ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा ३१ वर्षीय शिशिर राजथला, ३० वर्षीय निरन श्रेष्ठ, ३५ वर्षीय सुदिप भुर्तेल, हेटौंडा–४ निवासी ३० वर्षीय असिम कुमार बर्तौला, र हेटौंडा–१ निवासी ३० वर्षीय ओम साह रहेका छन्।

पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*