एमाले हेटौंडा उपमहानगरपालिकाको नव निर्वाचित कार्यसमितिको सपथग्रहण
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय, बागमती प्रदेश स्तरिय र मकवानपुर जिल्ला स्तरिय नेताहरुको उपस्थितीमा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीको सपथ ग्रहण तथा पदभार कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले पार्टी कार्यालयमा एक कार्यक्रमबीच नव निर्वाचित अध्यक्ष बोलबहादुर कार्की नेतृत्वको हेटौँडा उपमहानगरपालिका कमिटीका पदाधिकारी तथा सदस्यले पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् । एमाले नगरकमिटिको निर्वाचनको प्रक्रियाबाट कार्यसमिति चयन गरिएको थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, केदार न्यौपाने, बागमती प्रदेश कमिटीका सदस्यहरु रघुनाथ खुलाल, गोपाल श्रेष्ठ, एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
मंसिर ३० गते नगरकमिटीको अधिवेशन भएको थियो । पुस १ गते भएको निर्वाचनबाट कार्की नेतृत्वको नगर कमिटी चयन भएको थियो । अध्यक्ष कार्कीलाई निर्वाचन अधिकृतले सपथग्रहण गराउनुभयो भने अरु पदापधकारी तथा सदस्यहरुलाई अध्यक्ष कार्कीले सपथग्रहण गराउनुभयो । कार्यक्रममा प्रेस चौतारीका तर्फबाट बागमती प्रदेश र मकवानपुरमा पत्रकार महासंघमा विजयीहरुलाई खादा र टिका लगाएर सम्मान गरिएको थियो ।