‘बाबुआमासँग कैदी जीवन बिताइरहेका बालबालिकाहरूलाई बाल मन्दिरहरूमार्फत् संरक्षणमा राखौं’
मकवानपुर । बाबुआमा तथा अभिभावक नभएर, विभिन्न कारण आफन्त नभएका, परिवारबाट अलग भएका, परिवारले त्याग गरेका, जोखिममा रहेका र बाबुआमासँग कैदी जीवन बिताइरहेका बालबालिकाहरूलाई बाल मन्दिरहरूमार्फत् संरक्षणमा राखी अभिभावकको जिम्मेवारी निर्वाह गर्ने बाल संगठनको कामको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रसंशा गर्नुभएको छ ।
बालबालिकाको हक हितका लागि कार्य गर्ने सबैभन्दा पुरानो, ठुलो र शसक्त सस्था नेपाल बाल संगठनद्वारा आयोजित पुनर्मिलन तथा पुनर्ताजगी कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले शनिबार यस्तो बताउनुभएको हो ।
बालबालिकाको सरोकारको यो महत्वपूर्ण कार्यक्रमको हिस्सा बन्न पाउँदा आफूलाई खुसी लागेको उहाँले बताउनु भयो । पूर्व रास्ट्रपति बिद्या देवी भण्डारीसमेतको उपस्थितिमा उहाँले यस्तो बताउनु भएको हो ।
ूभिन्न परिस्थितिबाट आएका नानीबाबुको खानपान, बास, स्नेह, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, परामर्श, भबिष्यको गोरेटो देखाउने यी सब कार्य कुनै चानचुन कुरा होइनन्ू उहाँले भन्नुभयो ।
बालबालिकाहरू असीमित क्षमता हुने उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले बाज चराजस्तो गगनमा बिचरण गर्ने थुप्रै बालबालिका पालुवा निमोठिएको बिरुवा जसरी बाँचिरहेका बताउनुभयो ।
राज्यको मात्र मुख नताकी अबोध नानीबाबुको भबिष्य कोर्न लागिपर्ने नेपाल बाल संगठन तथा बाल मन्दिर र बालबालिकाको क्षेत्रमा काम गर्ने सम्पुर्ण सँस्था र सरोकारवाला सबैमा हार्दिकता व्यक्त गर्नुभयो ।
नेपालको संविधानले मौलिक हक अन्तर्गत बालबालिकाको हकसम्बन्धी व्यवस्था उल्लेख गरेको स्मरण गर्दै बालबालिकाहरूको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक तथा संवेगात्मक विकासमा सबैले पहल गर्नुपर्ने बताउनु भयो ।
बालबालिकाको आधारभूत आवश्यकता, प्रतिभा पहिचान र प्रस्फुटनमा गरिने मन ,धन ,वचन र कर्मको लगानी सबैभन्दा महत्वपूर्ण कार्य भएको उहाँले बताउनुभयो ।
राज्य र मनकारी दाताहरूले नेपाल बाल संगठन र बाल मन्दिरको नाममा अर्पेको भौतिक सम्पतिको बारेमा कता कता नरमाइला कुरा सुन्न परेको भन्दै उहाँले दुख लागेको बताउँदै सम्बन्धित निकायले यो विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो ।
२०२१ सालमा स्थापना भएको नेपाल बाल संगठनले ६ दशक पार गरेको छ । समयको खेलले आफन्तसँग बिछोडिए पनि मिलनका दिनले पर्खने उहाँले बताउनुभयो । आज यो पुनर्मिलनको पलको साक्षी बन्दा ममा बेग्लै अनुभुती भएको छ, म भावुक भएको छुू उहाँले भन्नुभयो ।
वि स २०२१ सालमा नेपाल बाल संगठनको स्थापना पश्चात बालमन्दिर भवन निमार्णगरी विभिन्न जिल्लाहरुबाट प्रतिकूल परिस्थितीमा रहेका बालबालिकाहरुको लागि आवास तथा बालमन्दिर विद्यालय संचालन गर्दै आएको अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बताइन् । ूसमृद्ध राष्ट्रको मूल आधार, सुरक्षा र मुस्कान सहितको बाल अधिकारू भन्ने नाराका साथ संगठनले काम गरिरहेको अध्यक्ष न्यौपानेले बताइन् ।