मकवानपुरगढीका युवकलाई बलात्कार मुद्दामा दोषी ठहर, ७ वर्ष कैद

जनपत्र
२१ मंसिर २०८१, शुक्रबार ०६:१०

हेटौंडा । छिमेकी महिलालाई बलात्कार गरेको ठहर गर्दै एक युवकलाई जिल्ला अदालत मकवानपुरले ७ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले युवकलाई ३ लाख रुपैयाँ जरिवाना गर्ने र पीडकबाट पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत गरेको छ ।

जिल्ला अदालत मकवानपुरको न्यायाधीश गीता श्रेष्ठको बिहीबारको इजलाशले मकवानपुरगढी घर भएका ३२ वर्षीय युवकले ३५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला सुनाएको हो ।

युवकले महिलालाई जंगलमा घाँस काट्न गएको अवस्थामा २०८० कात्तिक २५ गते बलात्कार गरेका थिए । पीडक युवक २०८० पुसदेखि क्षेत्रीय कारागार भीमफेदमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*