बहुविवाहमा दोषी ठहर हेटौंडाकी महिला तीन वर्षपछि पक्राउ
हेटौंडा । अदालतद्वारा दोषी ठहर महिलालाई प्रहरीले पक्राउ गरेको छ । बहुविवाह मुद्दामा तीन वर्षअघि दोषी ठहर भएकी हेटौंडा उपमहानगरपालिका(३ की ३४ वर्षीया सानु घिसिङलाई प्रहरीले मंगलबार घरबाट नै पक्राउ गरेको हो ।
जिल्ला अदालत मकवानपुरले घिसिङलाई २०७९ चैतमा बहुविवाहको कसूरमा ११ महिना १८ दिन कैद गर्ने फैसला सुनाएको थियो । अदालतले १० हजार रुपैयाँ जरिवाना पनि तोकेको थियो ।
घिसिङलाई प्रहरीले कैद भुक्तानीका लागि अदालतमा पेस गरेको थियो । अदालतले कैद र जरिवाना असुली गर्न घिसिङलाई क्षेत्रीय कारागार भीमफेदी पठाएको छ ।
चालु आवको यस अवधिसम्म प्रहरीले अदालतले दोषी ठहर गरेका तर फरार रहेका ४० जना अभियुक्तहरुलाई गरेर अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालय हेटौंडा प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।