२९ औं ज्येष्ठ नागरिक दिवस–उमेरजन्य बिभेद अन्त्यको यात्रा

ज्येष्ठ नागरिक ऐन २०६३ अनुसार परिभाषा ः विषय वा प्रसङ्गले अर्काे अर्थ नलागेमा यस ऐनमा,– (क) “ज्येष्ठ नागरिक” भन्नाले साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिक सम्झनु पर्छ । (ख) “असहाय ज्येष्ठ नागरिक” भन्नाले देहायको कुनै वा सबै अवस्थाको ज्येष्ठ नागरिक सम्झनु पर्छ ः– (१) जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएको, (२)पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएको, (३)परिवारको सदस्य भए पनि निजले पालनपोषण नगरी अपहेलित वा उपेक्षित जीवनयापन गर्नु परेको । (ग) “अशक्त ज्येष्ठ नागरिक” भन्नाले शारीरिक वा मानसिकरुपले अशक्त ज्येष्ठ नागरिक सम्झनुपर्छ ।
मानवयि जिवनमा जन्मेदखि नमरेसम्म विभिन्न अवस्था पुरा गरेको हुन्छ , नवजात शिशु , बालअवस्था , किशोराअवस्था , युवा , प्रौढ पछि वा ६० बर्ष उमेरका लाई ज्ोष्ठ नागरिक भनिन्छ । नेपालको जनगाणना २०६८ अनुसार जेष्ठ (६० बर्ष )नागरिक कुल जनसंख्या मध्ये ८.१३ प्रतिसत ओग्टेको छ । विश्वभरि नै जेष्ठ नागरिकको जनसंख्या बढ्डोक्रम छ , यसको मुख्य कारण खानपान , हेरचाह , स्वास्थ्य उपचारमा र जन्मदरमा आएको उल्लेखनिय कमिलाई पनि मानिन्छ ।
मानिसको जिवन उमेरअनुसार शारिरीक , मानसिक , आर्थिक , सामाजिक हरेक रुपले परिवर्तन भैरहेको हुन्छ , उमेर बढ्दै जाने क्रममा ४५ बर्षको उमेरपछि मानिसहरुको शारिरीक बिकासमा बिस्तारै ह्रास हुदै जान्छ भने मानसिक रुपमा परिपक्वता आउने गर्दछ ,सवै मानिसको अवस्था एकै रहदैन ।
प्राय मानिसहरु प्रौढ अवस्था पार गरे पछि बुढ्यौलीपनले छोयो भन्ने गर्दछन् त्यसैले यो उमेरमा शारिरीक रुपमा कमजोरीका साथसाथै बिभिन्न रोग ः बाथ , दमा , उच्च रक्तचाप , सुगर , ढाड दुख्ने,अल्जाइमर आदिले सताउने गर्दछ ।यसरी शरिर कमजोर साथै बिरामी हुने समयमा बिशेष स्याहारसुसार चाहिन्छ ।
पहिलाको परिश्रम , मेहनतले खारिएका व्यतिलाई विरामी हुदा औषधि उपचार , स्याहारसुसार गरिएन भने नयाँ पुस्ताले के सिकलान “प्रकृतिको शास्वत सत्य आजको शिशु भोलीको वृद्ध हो , हामीले गर्ने सम्मान भोलीका सन्तानलाई सिकाउने हो , एक पुस्तावाट अर्को पुस्तामा ज्ञान , सीप , अनुभव हस्तानतरण नियमित निरन्तर चलिआएको छ ।
मानव जिवनको अवस्थाहरु मध्ये एक वृद्धावस्था हो , जुन जैविक प्रक्रिया हो ,यो नियमित प्रक्रिया हो । जेष्ठ नागरिकका अनुभवले नयाँ पुस्तालाई सहि मार्ग, पथप्रर्दशक, मार्गदर्शन गर्ने गर्दछ , जेष्ठ नागरिकजिबित पुस्तकालय हुन् वहाहरुवाट सिक्न र देश बिकासको लागि योगदान गर्न सक्छन ।
परिवर्तित समयमा पाश्चात्य संस्कृतिको प्रभाव परेको देखिन्छ जस्ले गर्दा संयुक्त परिवारवाट एकल परिवार प्रवृत्ति वढदै गइरहेको छ ।जेष्ठ नागरिकको जिवनशैली पनि कष्टकर हुदै गइरहेका छन्जेष्ठ नागरिक प्रति गर्नु पर्ने कर्तव्य विसर््ने , समाजको बोझको रुपमा लिने आदि मानवअधिकारको बिश्वव्यापी घोषणापत्रले जेष्ठ नागरिकहरुको सरक्षाको सवाललाई प्राथमिकता दिइएको छ ,संयुक्त राष्ट्रसंघले जेष्ठ नागरिक दुव्र्यवहारवाट मुक्त भई सुरक्षित र सम्मानित भएर वाच्न पाउनु पर्ने अधिकारमा जोड दिएको पाइन्छ , भने नेपालले पनि अन्तराष्ट्रिय स्तरमा जेष्ठ नागरिकको हकअधिकार संरक्षण संवर्धन गर्ने सवालमा बनेका प्रतिवद्धताहरुमा हस्ताक्षर गरि जेष्ठ नागरिकको हक अधिकार सुनिश्चित पार्न प्रयास गरिएको छ ।
नेपालमा जेष्ठ नागरिकलाई सम्मान गर्नु पर्दछ भन्ने मान्यताको विकास संयुक्त राष्ट्र संघले पारित गरेपछि मात्र आएको होइन , हाम्रो संस्कारमा ठुलालाई मान्य र सानालाई आदर गर्ने पहिलेदेखि थियो , अहिले पनि छदैछ , त्यसैगरि नेपाल सरकार तथा प्रदेश सरकारले जेष्ठ नागरिकलाई सम्मान गर्न हेलामा परेकाको, रेखदेख गर्ने कोही नभएकाको सुरक्षित जिवन यापनको लागि जेष्ठ नागरकि ग्राम , वृद्धासेवाश्रम , जेष्ठ नागरिक दिवा सेवा केन्द्र संचालन तथा भवन निर्माणको लागि पनि बजेट बिनियोजन गरिएको छ र त्यस्ता केन्द्रमा सेवा लिएर जिवनयापन गर्नेहरु पनि हुनुहन्छ ।
प्रदेश ३ का १३ जिल्लामा मात्र करिव ३३ वटा जति ज्येष्ठ नागरिक सम्वन्धी सेवा केन्द्र, निकेतन, आश्रम आदि नामले संचालित छन् भने आश्रित ज्येष्ठ नागरिक जम्मा ६६२ जना हुनुहुन्छ भने महिला ४०९ जना र २५३ जना पुरुषहरु हुनुहुन्छ ।
नेपाल अधिराज्यको संविधान,२०४७ मा पनि महिला , बालबालिका , बृद्ध , अपांग लगायत असहाय व्यक्तिहरुलाई विशेष व्यवस्था गरिने उल्लेख भए अनुरुप जेष्ठ नागरिकहरुको हकहित संरक्षण गरि उनीहरुलाई समाजमा उचित र यथोचित सम्मान दिन आवश्यक भएको उल्लेख भएपश्चात जेष्ठ (७० वर्ष माथि )नागरिकलाई २०५१ साल पछि बनेको सरकारले मासिक रु.१००। भत्ता वितरण गरि राज्यले पनि सम्मान गरेको पाईन्छ र नेपाल सरकारको सो कामलाई सार्क मुलुकहरुले पनि अनुसरण गरेको पाईन्छ, जेष्ठ नागरिक भत्ता क्रमश १००, १५० , ५००। , १००० , हुदै हाल ३०००। भएको छ ।
छूट र सुविधा ः (१) सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिकस्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा, सुविधा र सहयोग प्रदान गर्नु गराउनु सबैको कर्तव्य हुनेछ । (२) नेपाल सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमको सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकको लागि कम्तीमा दुईवटा सीट सुरक्षित राख्नु पर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा पचास प्रतिशत छूट दिनु पर्नेछ।त्यसैगरि यो बर्षको ज्येष्ठ नागरिक दिवसको दिन देखि हवाईजहाजमा पनि ५०५पचास प्रतिशत छूट दिने घोषणा गरेको छ ।
(३) स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक संस्थाले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्नु पर्नेछ । (४) नेपाल सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले नेपाल सरकारले तोकेको संख्याका ज्येष्ठ नागरिकले त्यस्तो संस्थामा उपचार गराउँदा लाग्ने शुल्कमा कम्तीमा पचास प्रतिशत छूट दिनु पर्नेछ । (५) खानेपानी, बिजुली, टेलिफोन लगायत सार्वजनिक सेवा प्रदान गर्ने अन्य संस्थाले सेवा प्रदान गर्दा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनु पर्नेछ । (६) यस दफामा उल्लिखित छूट र सुविधाको अतिरिक्त नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ज्येष्ठ नागरिकलाई समय समयमा अन्य छूट र सुविधा दिन सक्नेछ ।
११. कामकारबाहीमा प्राथमिकता दिनु पर्ने ः ज्येष्ठ नागरिकसँग सम्बन्धित कुनै काममा सम्बन्धित निकायले प्राथमिकता दिई त्यस्तो कामकारबाही सम्पादन गरिदिनु पर्नेछ ।
मुद्दा मामिलामा प्राथमिकता र प्रतिनिधित्व ः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि ज्येष्ठ नागरिक मात्र पक्ष वा विपक्ष भएको मुद्दालाई अदालतले प्राथमिकता दिई कारबाही र किनारा गर्नु पर्नेछ । (२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै असहाय वा अशक्त ज्येष्ठ नागरिक मात्र पक्ष वा विपक्षी भएको मुद्दाको सुनुवाई गर्दा अदालतले निजको प्रतिरक्षा गर्ने कानून व्यवसायी राखेर मात्र गर्नु पर्नेछ । (३) कुनै ज्येष्ठ नागरिकले आफ्नो आर्थिक अवस्था कमजोर भएकोले मुद्दाको प्रतिरक्षा गर्न कानून व्यवसायी नियुक्त गर्न नसक्ने भनी अदालतसमक्ष निवेदन दिएमा सम्बन्धित अदालतले निजको लागि वैतनिक कानून व्यवसायीको सेवा उपलब्ध गराइदिनु पर्नेछ ।
कैद सजायमा छूट दिन सकिने ः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारवादी भई चलेको कुनै मुद्दामा कैद सजाय पाई कैद भोगिरहेको ज्येष्ठ नागरिकलाई निजको उमेर र कसूरको अवस्था हेरी देहायबमोजिमको कैद छूट दिन सकिनेछ ः– (क) पैंसट्ठी वर्ष उमेर पूरा भई सत्तरी वर्ष ननाघेको ज्येष्ठ नागरिकलाई पच्चीस प्रतिशतसम्म, (ख) सत्तरी वर्ष उमेर पूरा भई पचहत्तर वर्ष ननाघेको ज्येष्ठ नागरिकलाई पचास प्रतिशतसम्म, (ग) पचहत्तर वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई पचहत्तर प्रतिशतसम्म । (२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कैद सजाय पाएको अशक्त ज्येष्ठ नागरिक वा पचहत्तर वर्ष उमेर पूरा गरेको ज्येष्ठ नागरिकलाई अदालतले कसूरको गाम्भीर्यता हेरी कारागारमा नराखी हेरचाह केन्द्रमा राख्न आदेश दिन सक्नेछ । (३) उपदफा (२) बमोजिम हेरचाह केन्द्रमा राख्नेसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ । (जेष्ठ नागरिक ऐन २०६३)
नेपालको ३ तहको सरकारले जे जस्तो सुविधा दिए पनि आफ्ना आमा, बुवा ,हजुर वुवा, हजुर आमाहरुलाई परिवारका छोराछोरी, छोरा बुहारी,साथै नातीनातीनी आफैले आफ्नै साथमा परिवारमै राख्नु पर्दछ यसको सवै छोराछोरी, छोरा बुहारी साथै नातीनातीनी आफ्ना आमा,बुवा, हजुरवुवा, हजुर आमाहरुलाई पालन पोषण नै नगरेको भन्न खोजेको चाहीं हैन । कुनै कुनै जिल्लामा आफ्ना आमा, बुवा ,हजुर वुवा, हजुर आमाहरुलाई परिवारमा राम्रोसंग पालनपोषण अर्थात राम्रो स्हाहार सुसार गरेकै कारणले मुल्यांकन गरी असल छोरा बुहारी , छोरी भनेर सम्मान गरेका पनि पाईन्छ ।
हामी सबै नेपालीले बुढाबुढीलाई सम्मान गरौं , वहाँहरुको कुरा सुनौं , पाको उमेरकै कारणले आएको समस्यालाई ध्यान दिउँ ,ज्येष्ठ नागरिक दिवस र नारामा मात्र सिमित नगरौं । सबै छोरा छोरी बुहारीहरुले बा आमा भनेका जिवित भगवानको रुपमा मानेर आफैले पालनपोषण गरौं । बृद्ध सेवा आश्रम जान नपर्ने व्यवहार गरौं । त्यसैगरी संचालनमा आएका बृद्धाश्रमलाई पनि नियमन गरि मापदण्ड पुरा गरि सेवा दिइरहेका नरहेका अनि बृद्धा आश्रम खोलेर ४÷५ जनामात्र लाई सेवा दिईरहेका छन् अन्य नजिककोमा समायोजन गर्ने हो कि सोच्नु पर्ने आजको आवश्यकता हो ।
जनपत्रका लेखक प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयका आठौ तहका महिला बिकास अधिकृत हुनुहुन्छ ।