मकवानपुरमा करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु, अरु दुइ जना सेना घाइते
हेटौंडा । मकवानपुरमा करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु भएको छ । अरु दुइ जना सेना घाइते भएका छन् ।
मकवानपुरको भीमफेदी गाँउपालिका वडा नंबर ८ दोभान स्थित सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा डिउटिमा रहेको समयमा संचार उपकरणको पाइप गाड्ने क्रममा हाईटेन्सन विजुलीको तारमा पाईपले छुँदा वेस एक जना नेपाली सेनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा क्याम्पमा कार्यरत डँडेलधुरा गन्याधुरा गाउँपालिका वडा नं १ घर भएका लेसनायक २९ वर्षिय पदम बहादुर दियाललाई करेण्ट लागी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए ।
यसैगरी करेन्ट लागेर घाईते भएका डँडेलधुरा अमरगढि नगरपालिका वडा नम्बर–२ घर भएका लेसनायक २९ को विनोद केसी, पाल्पा रामपुर नगरपालिका वडा नम्बर–६ घर भएका नेपाली सेनाका सिपाइ २१ वर्षिय युवराज कुमाललाई उपचारको लागी तत्काल हेलिकप्टरद्धारा आर्मी अस्पताल छाउनी काठमाण्डौ पठाएकोमा अवस्था मध्यम रहेको डिएसपी अर्यालले बताए ।