हेटौंडामा बढ्यो भाइमसलाको व्यापार

जनपत्र
१३ कार्तिक २०८१, मंगलवार ०७:४१

हेटौंडा । तिहार नजिकिँदै गर्दा हेटौंडा बजारमा भाइमसला (ड्राइ फ्रुट्स) को व्यापार बढ्न थालेको छ । भाइटीकाको दिनमा सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई भाइमसला (नरिवल, काजु, बदाम, ओखर, मिश्री, दालचिनी, किसमिस, पिस्ता) दिने प्रचलन छ ।

सोही अनुसार कवानपुरका उपभोक्ताले अहिलेदेखि नै भाइमसला किन्न थालेका हुन् । आगामी बुधबारदेखि यस वर्षको तिहार सुरु हुने भए पनि अहिलेदेखि नै उपभोक्ताले तिहारका लागि आवश्यक पर्ने सामान खरिद गर्न सुरु गरेको बताउँछन् ।

तिहारमा बढी मात्रामा भाइमसला बिक्री हुने गर्छ । जस कारणले गर्दा पनि व्यवसायीले तिहारलक्षित ठुलो परिमाणमा बाहिरी मुलुक ारतबाट भाइमसला आयात गरेका छन् ।
हेटौंडाको मेनरोड, रापतीरोड, कान्तिराजपथ, पारिजातपथ,चौकिटोलको भाटभटेनीमा उपभोक्ताहरु भाइ मसला खरिद गर्नेहरुको चाप बढेको हेटौंडा कान्तिराजपथका व्यापारी स्याम महतो बताउँछन् । भाइमसलाको मूल्य भने केहीमा सामान्य बढे पनि विगतका वर्षसरह रहेको व्यापारीहरु बताउँछन्।

भाइमसला तिहारका बेला बढी बिक्री हुने हो, व्यापार बढ्दै गएको छ, तिहार आउन अझै केही दिन बाँकी रहेकाले थप व्यापार बढ्ने अनुमान गरिएको यहाँका व्यापारीहरुको भनाई छ ।

नेपालमा उत्पादन भहुने भाइमसला तिहारका लागि भनेर विभिन्न देशबाट आयात हुने गरेको छ । नेपालमा भाइमसलाजन्य ड्राइ फ्रुट्स भारत, चीन, भियतनाम, अमेरिका, इन्डोनेसिया, थाइल्यान्डलगायतका मुलुकबाट आयात हुने गरेको छ । आफ्नो देशमा उत्पादन नहुँदा स्थानीय माग पूरा गर्न व्यवसायीले विभिन्न देशबाट मसला आयात गर्ने गरेका छन् ।

हेटौंडामा तिहारमा खपत बढी झिलिमिली बत्ती, पाला, लक्ष्मीपूजाका सामान, भाँडावर्तन, सेल पकाउनका लागि कराही बिक्री हुन थालेको व्यवसायीको भनाइ छ । तिहारमा उपहार दिनका लागि ढाका टोपी, कपडासँगै मिठाईको बिक्री पनि धेरै हुने गरेको छ । तिहारमा बढी मिठाई खपत हुने हुँदा व्यवसायीले तिहारलक्षित मिठाई बनाउन सुरु गर्न थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*