बागमती प्रदेशका स्वास्थ्य मन्त्री थापाद्वारा कृतिम खुट्टा र ह्विल चेयर वितरण
हेटौंडा / संबिधान दिवस तथा राष्ट्रिय दिवसको अबसरमा अपाङता भएका व्यक्तिहरुलाई कृतिम खुट्टा र ह्विल चेयर वितरण गरिएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, सामाजिक बिकास मन्त्रालय, मारवाडी सेवा समिति नेपाल र श्री पशुपती गौशाला धर्मशाला द्वारा संयुक्त रुपमा काठमाडौमा आयोजित कार्यक्रममा स्वास्थम मन्त्री किरण थापाले निस्शुल्क कृतिम खुट्टा र ह्विल चेयर वितरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले मानविय सेवामा बागमती प्रदेश सरकार सदैव तत्पर रहेको बताउनुभयो । खुट्टा नभएकै कारण धेरै नै कष्ट खेप्नुपरेको महसुस गर्दै सहकार्य गरी यस्ता सामग्री बितरण गरिएको मन्त्री थापाले बताउनुभयो । सहयोग सानै भएपनि कहिलेकाही त्यसले ठुलो सहयोग हुने समेत मन्त्री थापाको भनाई थियो । ूकृतिम खुट्टा वितरण पछि उहाँहरुको जीवन सहज हुने विश्वासका साथ यो कार्यक्रम अगाडि बढाइएको होू, मन्त्री थापाले भन्नुभयो ।
संविधान दिवसको दिन खुट्टा एवम् व्हिल चेयर बितरण गर्न पाउदा आफुलाई अत्यन्तै खुशी लागेको मन्त्री थापाले बताउनुभयो । यी संस्थाहरु सङ्ग निशुल्क शवबाहन संचालन, विभिन्न अस्पतालमा प्रति छाक ४० रुपैयाँँमा खाना खुवाउने कार्यको पनि सम्झौता हुने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । यस्तै शुद्ध पिउने पानीको लागि अस्पतालमा ४ लाख बराबरको वाटर प्युरिफायर पनि राख्ने तयारी भएको मन्त्री थापाले बताउनुभयो ।
मारवाडी सेवा समिति र पशुपति गौशाला धर्मशालाले गरेका अन्य विभिन्न मानवीय कार्यको पनि उहाँले प्रशम्सा गर्नु भयो । मानवले अन्य दान धर्म भन्दा मानव उत्थानको सेवा गर्नु नै मुख्य धर्म रहेको उहाँको भनाई थियो । मानवसेवाबाट पाएको आशीर्वादले मन आनन्द हुने भन्दै सबैमा सेवाभाव जागृत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ७ जनालाई ९ वटा कृतिम खुट्टा र ६ जनालाई व्हिल चेयर वितरण गरिएको हो । कार्यक्रम पशुपति गौशाला धर्मशालाका अध्यक्ष रमेश तपडियाको अध्यक्षतामा भएको हो ।