हेटौंडामा १ करोड ३५ लाख मुल्यको लत्ताकपडा तथा सवारी साधन सहित २ जना पक्राउ

जनपत्र
३ आश्विन २०८१, बिहीबार १३:४६

हेटौंडा । हेटौंडामा १ करोड ३५ लाख मुल्यको लत्ताकपडा तथा सवारी साधन सहित २ जना पक्राउ परेका छन् । हेटौडा उपमहानगरपालिका वडा नंबर–१५ रातोमाटे चेकपोष्टमा अबैध रुपमा भन्सार छली गरिल्याएका लत्ताकपडा लगायतका सामानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुनसरीबाट हेटौडा हुँदै काठमाण्डौ जाँदै गरेको WB49N2178 नम्बरको भारतिय ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकका चालक भारत, बिहार राज्य, जिल्ला मोतिहारी, थाना तुकालिया, पुर्वी चम्पारण सपही बस्ने बर्ष ३० का जन्दार आलम र सहचालक सोही स्थानका बन्जरिया पुर्वी चम्पारण चौलाहा कलोनी बस्ने बर्ष १९ का मुना मियालाई प्रहरीले पक्राउ गरेको हो ।

ट्रक रोकेर खानतलासी गरी पुर्जी दिई निजहरुको शरीर तथा उक्त ट्रक समेतको खानतलासी गर्दा सो ट्रकमा ३४५ बोरा आलुको भन्सार बिल काटेर सो ट्रकमा प्रति बोरा ५० किलोको दरले २६४ बोरा आलु राखी सोको भित्री भागमा लुकाई छिपाई गरी ७४ बोरा बिभिन्न किसिममा तयारी कुर्ता, रोल सहितको सर्ट एंव पाईन्टको कपडाहरु ल्याएको पाईएको हो ।

अबैध रुपमा भन्सार छलि ल्याईएका लत्ता कपडाहरु, आलुका बोराहरु र भारतिय ट्रक समेत गरी जम्मा १ करोड ३५ लाख बराबरको सामाग्रीहरु बरामद गरी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिताराम रिजालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*