हेटौंडामा मनाइयो सविधान दिवस, जनप्रतिनिधिहरुले जारी गरेको यो संविधान उत्कृष्ट छ– प्रदेश प्रमुख देवकोटा
हेटौंडा । संविधान दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रभातफेरी कार्यक्रम गरेको छ । संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम हेटौँडा नगर परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो ।
बिहान ७ बजे हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी कार्यक्रम स्कुलरोड, बुद्ध चोक, चौकीटोल, मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेको थियो ।
कार्यत्रमलाई संबोधन गर्दै बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ जारी भएको आजको दिन सारा नेपालीको लागि हर्सोल्लासको दिन रहेको बताए ।
इतिहासका विभिन्न कालखण्डमा नेपाली जनताको त्याग र बलिदानको उपज यो संविधान नेपाली जनभावना र मर्म सापेक्ष रहेको बताए । यो संविधानले नेपालको स्वतन्त्रता, सार्बभौमिकता, भौगोलिक अखण्डता, रास्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गरेको प्रदेश प्रमुख देवकोटाले बताए।
नेपालको संबैधानिक इतिहासमा पहिलोपटक जनताद्वारा निर्बाचित जनप्रतिनिधिहरुले संविधान सभा मार्फत जारी भएको यो संविधान आफैमा उत्कृष्ट रहेको उनको भनाई छ । उनले भने–‘जनताको प्रतिस्पर्धामक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरीक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आबधिक निर्वाचन ,पुर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निस्पक्ष्य र सक्षम न्यायपालिका र कानुनी राज्यको अबधारणा यसका मुख्य विशेषता हुन् । बिबिधतामा एकता, सहिष्णुता र सद्भाबलाई संरक्षण एबम् प्रबर्द्धनमा नेपाल अधिराज्यको संविधान २०७२ ले जोड दिएको छ ।’
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल लगायतकाले संबिधान दिवसको अवसरमा शुभकामना मन्तब्यव्यक्त गरेका थिए । कार्यक्रममा बिभीन्न क्षेत्रमा उत्कृष्ट भएकाहरुलाई पुरस्कृत गरिएको छ ।