हेटौंडामा बागमती प्रदेश उद्योग परिसंघको साधारणसभा, उद्योगहरु भित्रयाउन तयार रहेको मुख्यमन्त्रीको भनाइ
हेटौंडा । हेटौंडामा बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारणसभा आज हेटौंडामा भएको छ । साधारणसभाको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले यस प्रदेशमा उद्योगहरु भित्रयाउनका लागि आफुहरु तयार रहेको बताएका छन् ।
उद्योगको अधिकार प्रदेश सरकारलाई नभएपनि यहाँ उद्योगहरु चल्ने वातावरण तयार गर्नका लागि आफु तयार रहेको बताए । उद्योगधन्दा खोल्नेहरुलाई अहिले पनि धेरै तिरबाट दुख दिनेगरेको बताउँदै उनले अब त्यस्तो हुन दिन नहुने बताए । उद्योगधन्दा सञ्चालन विना रोजगारीको सृजना नहुने उनको भनाइ छ ।
कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य, प्रशासन तथा भूमि मन्त्री सुकुमायाँ तामाङले स्वदेशी उद्योगहरुले उत्पादन गरेका सामान सरकार र नागरिकले प्रयोग नगरेको उनले गुनासो गरिन ।
उद्योगहरुले महिलाहरुलाई स्वरोजगार बनाउनका लागि ठुलो मधत गरेको उनको भनाई छ । कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष बिरेन्द्र राज पाण्डे, बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।








