तीन दिन कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बाढीको जोखिम

जनपत्र
२७ भाद्र २०८१, बिहीबार १२:२०

अबको तीन दिन कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बाढीको जोखिम हुने भएकाले त्यस आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज बिहानैदेखि कञ्चनपुर, कैलाली, बर्दियालगायत ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । ठूलो वर्षा भएका ती ठाउँका नदीहरूमा आकस्मिक बाढीको जोखिम हुन सक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै आज बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, डोटी र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा कुनै पनि क्रियाकलाप नगर्न र त्यस क्षेत्र आसपास उच्च सतर्कता अपनाउन महाशाखाले सुचना निकालेर अनुरोध गरेको छ ।

त्यस्तै दोलखा, सिन्धुपाल्चोक, बारा, पर्सा, चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, सल्यान, सुर्खेत, दैलेख, अछाम, बाजुरा, बझाङ र आसपास जिल्ला भई बहने केही स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने सम्भावना भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार अबको तीन दिन कोशी, बाग्मती, गण्डकी प्रदेश भई बहने स–साना नदीहरुमा पनि बाढीको जोखिम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*