मकवानपुरमा नेपाली सेनाको गाडीमा अचानक आगलागी

जनपत्र
२० भाद्र २०८१, बिहीबार १५:५६

हेटौंडा । मकवानपुरमा नेपाली सेनाको गाडीमा अचानक आगलागी भएको छ । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहानगरमा आर्मी सवार गुडिरहेको नेपाली सेनाको गाडीमा अचानक आगलागी भएको हो ।

७ नम्बर बाहिनी युद्ध भैरव गण तालिम शिविरका सेना चनवन बाट तालिमको लागि मकवानपुरको सिमभन्ज्याङ तर्फ जाँदै गरेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ।
बा १ ग ३४३६ नम्बरको ट्रक बिहिवार मध्याह्न साढे १२ बजे त्रिभुवन राजपथ दामन( शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका वडा न ४ कुर्सीको मोडमा आगलागी भएको हो।

ट्रकको सापट भाचियपछी ट्रकलाई साइट लगाउने क्रममा अचानक आगो लाग्दा ट्रक पुर्ण रुपमा क्षती भएको छ। सापट भाचियर डिजल ट्याङ्किमा लागेपछि डिजल चुहियर आगोलागी भएको ट्रकमा सवार एक सेनाले बताए।

१८ जना सवार रहेको ट्रकमा आगोलागी पछि थाहा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएपनी ट्रक भने पुर्ण रुपमा क्षती भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। ट्रक नेपाली सेनाको तालिमको लागि सिमभन्ज्याङ रेकि गर्न जादै थियो।

ट्रकको सापट भाच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको घटनास्थलमा रहेका सेनाले जानकारी गराएका छन् ।

सापट भाच्चिएर डिजल ट्याङ्कीमा लागेर डिजल चुहिएपछि आगोलागी भएको अनुमान ट्रकमा सवार सेनाहरूले गरेको घटनास्थलमा रहेका स्थानीय शम्भु अधिकारीले बताए ।

ट्रकमा १८ जना सवार थिए । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । थाहा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*