हेटौंडामा छोइनसक्नु तरकारीः काउली प्रती केजी १८० रुपैयाँ, प्याज १४० रुपैयाँका बिक्री

जनपत्र
१६ भाद्र २०८१, आईतवार ०७:४२

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र तरकारीको मुल्य अत्यधिक रुपमा बृद्धी गरिएको छ । आम उपभोक्ताहरुको ढाड सेक्नेगरी तरकारीको मुल्यबृद्धी गरिएको हो । बिशेषगरी थोक बिक्रीमा भन्दा खुद्रा बिक्रीमा तरकारीको मुल्य निकै बृद्धी गरिएको छ ।

आज बिहान हेटौंडाको खोपेगल्लीमा काउली प्रतिकेजी १८० रुपैयाँमा र प्याज प्रतिकिलो १४० रुपैयाँमा खरिद गरिएको हेटौंडा–२ का उपभोक्ता ठाकुर सापकोटाले बताए । यती मात्र होइन हरेक हरियो तरकारीको मुल्यबृद्धी भइरहेको छ ।

हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१ चौकिटोलमा राखिदिएको तरकारी तथा फलफुलको थोक बजारमा होस या हेटौंडाका कुनैपनि स्थानका तरकारी खुद्रा पसलमा होस तरकारीको मुल्य निकै बृद्धी भइरहेको उपभोक्ताहरु बताउँछन् । आज बिहान हेटौंडाको खोपेगल्लीमा बिक्री हुने पसलहरुमा टमाटर प्रतिकेजी ८० रुपैयाँमा उपभोक्ताले खरिद गरिरहेका छन् ।

अझ पसलै पिच्छछेको आफ्नै मुल्यमा तरकारी बिक्री हुँदा उपभोक्ताहरु झनै ठगिएका छन् । आफुहरुले बढी मुल्यमा खरिद गरेकाले उपभोक्ताहरुलाई पनि खरिदमा महगो परेको खोपेगल्लीका व्यापारीहरु बताउँछन् ।

काउली, टमाटर, प्याज मात्र होइन । हेटौंडा बजारमा हरियो तरकारीको मूल्य छोइनसक्नुभएको छ । वर्षात्को सिजन र भारतमा महँगो भएको बहानामा गोलभेंडा र प्याजको मूल्य अत्यधिक बढाइएको हो । यीबाहेक गाजर, बन्दा, मकै बोडी, घिउ सिमी, परवर, खुर्सानी, लसुन, धनियाँलगायतको मूल्य बढेको हेटौंडा–४ का उपभोक्ता हिरा सापकोटा बताउँछन् ।

तरकारीको मुल्य बृद्धी भइरहँदा पनि अनुगमन गर्ने निकाय चुप लागेर बसेको छ । मूल्यबारे सर्वसाधारण पनि सचेत हुनुपर्ने व्यापारीहरु बताउँछन् । हेटौंडाका तरकारी पसलहरुमा अनुगमन नहुँदा पनि बजार अराजक बन्दै गएको हो । तर बजार भाउ नियन्त्रण गर्ने दायित्व पाएका निकायले ध्यान दिएका छैनन् । बजार अनुगमन तथा नियमन गर्ने पहिलो दायित्व स्थानीय सरकार, वडा, जिल्ला प्रशासन कार्यालय मकवानपुरले यसमा खासै चासो दिएका छैनन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*