अनेरास्वीयुद्वारा गढी गाउँपालिका भित्रका प्रत्यक विद्यालयमा बस सेवा दिन अआग्रह

जनपत्र
११ भाद्र २०८१, मंगलवार १९:४९

हेटौंडा । नेकपा एममाले निकटको अनेरास्ववियु मकवानपुरगढी गाउँपालिका कमिटीद्वारा गाउँपालिका भित्रका प्रत्यक बिद्यालयमा बस सेवा दिनका लागि गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । अनेरास्वबियु गाउँपालिका कमिटीका अध्यक्ष पुस्कर घिमिरे सहितका जिल्ला र पालिका स्तरका पदाधिकारीहरुले गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानको ध्यानाकर्षण गराएका हुन् ।

गढी गाउँपालिकामा भएका हरेक विद्यालयमा एक विद्यालयमा बस सेवा दिनुपर्ने, बिद्यालयमा दिवा खाजा प्रत्यक बिद्यालयमा गुणस्तरिय खुवाउनुपर्ने लगायतका मागहरु राख्दै ध्यानाकषर्ण गराएका हुन् । साथै अनेरासोवियु गढी गाउँपालिकाको कार्यालय स्थापना गरिएको छ । जसमा अनेरास्ववियु गढी गाउँपालिकाका अध्यक्ष जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष लगायत गढी गाउँपालिकाका पदाधिकारी सदस्यहरूको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*