हेटौंडा–काठमाण्डौं जोड्ने दुइ वटा छोटो दुरीको मार्ग अबरुद्ध

जनपत्र
१० भाद्र २०८१, सोमबार १८:०३

हेटौंडा । हेटौंडा–काठमाण्डौं जोड्ने दुइवटा छोटो दुरीको मार्ग अबरुद्ध भएको छ । सडक माथीबाट लेदो आएका कारण दुइ वटा सडक अबरुद्ध भएका हुन् । हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्ड अवरुद्ध भएका छन्।

सोमबार दिउँसोको अविरल वर्षाका कारण सडकमाथिबाट खसेको लेदोका कारण सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ८, महादेवटारस्थित कान्ति लोकपथमा वर्षाका कारण लेदो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। अपराह्न ४ बजेपछि बाटो अवरुद्ध भएको प्रहरीको हो।

बाटो अवरोध भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोलीले सडक विभाग र फास्ट ट्र्याकसँग समन्वय गरी पहिरो पन्छाउने काम गरिरहेको छ।

यस्तै, जिल्लाको कुलेखानी–सिस्नेरी–फर्पिङ सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ रामचन्द्र भञ्ज्याङमा सडकमाथिबाट लेदो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा पनि प्रहरी र सडक डिभिजनको टोलीले सडक खुलाउने कार्य गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*