हेटौंडामा ७१ वर्षीया वृद्धा घरमा मृत भेटिइन्, नाति पक्राउ

जनपत्र
१० भाद्र २०८१, सोमबार १७:४७

हेटौंडा /  हेटौंडामा आज बिहान एक वृद्धाको शव भेटिएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, स्थित पाथिभरा मन्दिर नजिकै एक वृद्धाको शव भेटिएको हो ।

उक्त शव स्थानीय ७० वर्षीया ठूलीमाया विकको रहेको मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार, ती वृद्धाको शव आफ्नै घरको सुत्नी कोठमा दुबै कानबाट रगत बगेको अवस्थामा भेटिएकी हुन् ।

ठूलीमायाको दुबै कानबाट रगत बगेको पाइएको र घटना शंकास्पद भएकोले प्रहरीले ठूलीमायाकी नाती २८ वर्षीय प्रविण बिश्वकर्मालाई नियन्त्रणमा लिएको जनाएको छ । घटनास्थल सुरक्षित राखेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

घरमा उनी र नाति प्रविन विश्वकर्मा बस्दै आएका थिए । प्रहरीले ठूलीमायाको हत्या भएको आशंका नाति प्रविनलाई पक्राउ गरेको डिएसपी भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*