मकवानपुरको थाहा नगरपालिकामा चरेसहित २ जना भारतीय नागरिक पक्राउ

जनपत्र
२७ श्रावण २०८१, आईतवार १३:०२

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा चरेसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । ६ केजी चरेससहित भारत विहार सितामाढीका ४५ वर्षीय सुधिर सिंह र ७५ वर्षीया रेणुदेवी चौधरीलाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हो ।

मकवानपुरको कैलाश गाउँपालिकाको गल्छीवाट हेटौंडातर्फ गइरहेको यात्रुवाहक बसलाई थाहा नगरपालिका (३ शिखरकोटमा प्रहरीले रोकेर खानतलासी गर्ने क्रममा चरेस फेला पारेको हो । सिंह र चौधरीले तिघ्रामा बाँधेर चरेस ल्याएका थिए । १२ वटा प्लास्टिकको पोकामा प्याक गरेको चरेश एउटा तिघ्रामा तीनरतीन वटा पोका बाँधेका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा लागुऔषध ओसारपसार गरेको आरोपमा २१ महिलासहित २ सय ५० जनालाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो । उक्त अवधिमा मकवानपुर प्रहरीले ३ हजार ९ सय ६२ केजी गाँजा बरामद गरेको छ भने १३ केजी अफिम,७८ ग्राम खैरो हिरोइन, र १ सय ५ केजी चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*