ओलि सरकारले राष्ट्र र जनताको हितमा सामर्थ्यका साथ काम गर्नेछ– मुख्य सचेतक वर्तौला
हेटौंडा । नेकपा (एमाले) का मुख्य सचेतक महेश वर्तौलाले ओलि सरकारले राष्ट्र र जनताको हितमा सामर्थ्यका साथ काम गर्ने वताउनु हएको छ ।
आज काठमाडौंको कलंकीमा भएको थाहा-काठमाडौं सम्पर्क मंचको दोस्रो भेलामा बोल्दै ओली सरकार आफ्नो पुर्ण सामर्थ्यका साथे जनताको हितमा काम गर्ने वताउनु भएको हो । उहाँले अहिलेको समीकरणको सरकारले नै गणतन्त्रलाई केन्द्रमा राखेर संबिधान संशोधन पनि गर्ने वताउनु भएको हो ।
कार्यक्रममा बोल्दै बर्तौलाले भने-२०७४ सालको आम निर्वाचन पछाडी पछि चालू खर्च बढेर आयो । यो कसरी घटाउने भनेर सोच्ने बेला आयो । वडा सदस्य देखि संघीय साँसद सम्मको जनप्रतिनिधिहरु सडक, बाटो पुल भनेर हिडेको छ । कानुन कस्ले बनाउने रु बिकास कस्ले गर्ने रु सेवा प्रवाह कस्ले गर्ने भन्ने अन्योल रहेको छ । स्थानीय सरकारलाई दैलोदैलोमा सेवा प्रवाहमा लगाउनु पर्छ । प्रदेश सरकारलाई बिकासको कामको जिम्मा दिनु पर्छ तर मन्त्री मण्डल भने कम गराउनु पर्छ र संघीय जनप्रतिनिधिहरुलाई पुर्ण रुपमा कानून निर्माणमा लगाउनु पर्छ । उनले थप भने यो बहसको बिषय हो, निर्णय भने होइन ।
एमाले केन्द्रिय सदस्य समेत रहेका बर्तौलाले भने एमालेबाट उम्मेदवार भएर निर्वाचित भएका जनप्रतिनिधिहरुले सुतेर बिताएको छैन । उनले थानकोट-चित्लाङ सडकलाई संझंदै भने- निर्वाचनमा घर दैलो गर्दा थाहाको जनताक्क एउटै माग थ्यो थानकोट-चित्लाङ सडक । मैले निर्वाचित भए यता थप सिदृढिकरण भइसकेको छ । गएको आवमा ८ करोडको बहुवर्षिय ठेक्का लगाएका छौं । अहिले ओअनि ४ करोड ३६ लाख बजेट छुट्टिएको छ । म यसलाई पनि बहुबर्षिय ठेक्का लगाउन पहल गर्छु र मेरो कार्यकालमा यो सडकको कालोपत्रे पुर्ण रुपमै टुंगाएर छोड्छु ।







