मुख्यमन्त्री जम्कट्टेलले भने : गठबन्धनले माओवादीलाई घाटा भयो, अब गर्दैन

जनपत्र
६ श्रावण २०८१, आईतवार १५:४५

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माओवादी केन्द्रका कारणले चुनावी गठबन्धनमा नेपाली कांग्रेस र नेकपा एमालेलाई लाभ भएको दाबी गरेका छन् ।

आइतबार प्रदेश सभामा बोल्ने क्रममा जम्कट्टेलले संसदीय राजनीतिमा कांग्रेस एमाले भन्दा कान्छो भएपनि परिपक्व भएको बताए ।

‘हिसाब गरौं, तालमेल र समीकरणको फाइदा अहिले समीकरण गर्ने दलले लिनुभएको छ’, जम्कट्टेलले भने,‘माओवादीलाई घाटा भएको छ । माओवादी पनि अब तपाइहरुसँग तालमेल गर्दैन ।’

सदन विघटन गर्दा कांग्रेससँग र कम्युनिस्ट मिल्ने उद्देश्यले एमालेसँग विगतमा तालमेल गरिएको उनले सुनाए । दुई कम्युनिस्ट एक हुने गरी विगतमा चालिएको कदम असफल भएको जम्कट्टेलले बताए ।

पहिलो र दोस्रो ठूलो दल मिल्दा विश्वासको मतले सार्थकता पाउन नसक्ने भएकाले राजीनामा दिएको जम्कट्टेलले बताए । ‘विश्वासको मत नलिने र अहिलेको समीकरण अनुुसार नयाँ सरकार मार्ग प्रशस्त गरिदिने सभामुख मार्फत सभालाई जानकारी गराउन चाहन्छु,’ जम्कट्टेलले भने ।

प्रदेशलाई सरकार होइन भन्नेहरुको सरकार बन्न लागेको उनले आरोप लगाए । कांग्रेस एमालेको सरकार बनेपछि प्रदेशलाई अधिकार आउनेमा विश्वास गर्न नसकिने जम्कट्टेलले बताए ।

कांग्रेस र एमाले सम्मिलित नयाँ सरकार पनि धेरै टिक्ने विश्वास आफूलाई नरहेको जम्कट्टेलले बताए । १८ महिना अवधि जम्कट्टेल मुख्यमन्त्री रहे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*