मन्त्रालय भागबण्डा लगायतको विषय टुंगो लगाउन दुबै दलका ३-३ जना नेता रहेको कार्यदल बनाइएको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट दलका उपनेता रामकृष्ण चित्रकार, प्रमुख सचेतक गोविन्द लम्साल, प्रदेशसभाको सार्वजनिक लेखा समिति सभापतिसमेत रहेका श्रीराम लामिछाने तथा एमालेबाट मुख्य सचेतक मधुसुदन पौडेल, सांसदहरु केशव पोख्रेल र किरण थापा सदस्य छन् ।
एमालेका मुख्य सचेतक तथा कार्यदल सदस्य पौडेलका अनुसार कांग्रेसले सरकारको नेतृत्व गर्नेमा सहमति जुटिसकेको छ ।
बागमतीमा नेकपा एमालेले ७ वटा मन्त्रालयमा दाबी गरेको छ । ‘मुख्यमन्त्री कांग्रेसले लिने भएपछि हामीले ७ वटा मन्त्रालय चाहिने बताएका छौं । पछि अर्को सरकार बन्दा हामीले मुख्यमन्त्री लिँदा पनि कांग्रेसलाई ७ वटा मन्त्रालय दिन्छौं’, सचेतक पौडेलले भने ।
आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदै छन् । उनको पक्षमा बहुमत नभएकाले उनी पदमुक्त हुने भएकाले सरकार गठनको तयारी अवस्थामा रहेको कांग्रेस प्रमुख सचेतक लम्सालले जानकारी दिए । अनलाइन खवरबाट ।







