टेण्डर गर्नुको सट्टा सोझै सामान खरिद गर्दै मकवानपुरका स्थानीय तह, बकैया पनि उस्तै
हेटौंडा । सरकारले बनाएको नियम विपरित सामान खरिद गर्नमा मकवानपुरका स्थानीय तह खप्पिस देखिएका छन् । मकवानपुरका कुनैपनि सनीय तहमा सामान खरिदको काम सोझै हुने गरेको छ । कार्यालयका लागि चाहिने सामान एउटै पसलबाट बिल बनाएर ल्याउनेक्रम अहिलेको होइन ।
वषौदेखि कर्मचारीको मिलेमतोमा एकै प्रकारका सामानहरु टेण्डर गरेर खदि गर्नुको सट्टा सोझै खरिद गर्ने परिपाटी मौलाएको छ । मकवानपुरको पूर्वि क्षेत्रमा रहेको बकैया गाउँपालिकाले पनि सामान खरिद गर्दा टेण्डर गर्नुको सट्टा सोझै खरिद गरेकोमा महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ । आर्थिक वर्ष २०७९–०८० मा कार्यालयका लागि चाहिने सामान खरिद गर्दा सोझै खरिद गरेको हो ।
सोझै सामान खरिद गरेको विषयमा महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन यस्तो छ ।


यसैगरी बकैया गाउँपालिकाले उपभोक्ता समितिले गरेको विकास निर्माणका कामको खर्चको रकम व्यक्तिगत खातामा जम्मा गरेको पाइएको छ । उपभोक्ता समितिको खातामा जम्मा गर्नुपर्ने रकम व्यक्तिगत खातामा जम्मा गरेकोमा महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ ।








