मकवानपुरको राक्सिराङ गाउँपालिकामा अनियमितता, टेण्डरबाट खरिद गर्नुर्ने सामान मिलेमतोमा
हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा सामान खरिदकोे काममा अनियमिता भएको पाइएको छ । एउटै पसलबाट एउटै प्रकृतिका सामानहरु टुक्रा पारेर पटक पटक खरिद गरेर अनियमिता गरेका हुन् ।
एउटै प्रक्रितिका सामान खरिद गर्दा १० लाख रुपैयाँ भन्दा माथीको रकममा टेण्डर गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । तर, राक्सिराङ गाउँपालिकामा कर्मचारी र पदाधिकारीको मिलेमतोमा सेटिङ मिलेकै पसलबाट पटक–पटक सामान गरिद गरिएको पाइएको छ । अनियमित रुपमा सामान खरिद गरेकोमा महालेखा परिक्षकको कार्यालयले पनि प्रश्न उठाएको छ ।
राक्सिराङ गाउँपालिकाले सञ्चालन गरेको सवारीका साधन मर्मतमा एउटै कम्पनिलाई पटक–पटक गरी कानून विपरित काम गरेको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी गाउँपालिकाले सोलार खरिद गर्ने काम र स्टेस्नरीका सामान खरिद गर्ने काममा पनि एउटै पसलबाट पटक पटक खरिद गरेको पाइएको छ । कर्मचारीको मिलेमतोमा सेटिङका आधारमा मात्र सामान खरिद गरिएको छ । खरिद गरिएका सबै सामानहरु बजार मुल्य भन्दा बढी मुल्यमा खरिद गरिएको छ ।
यस विषयमा महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन यस्तो छ ।











