घुम्नका लागि विश्वका शीर्ष १० सस्तो र महँगो देश

जनपत्र
१ श्रावण २०८१, मंगलवार ०६:०९

विश्वको सबैभन्दा महँगो र सबैभन्दा सस्तो देशहरु कुन-कुन होला ? भन्ने हरेक मानिसलाई जिज्ञासा हुन्छ । विशेषगरी जो व्यक्तिमा विदेश घुम्न इच्छा, चाहना हुन्छ ।

‘एक्सपाट इनसाइडर २०२४’ले हालै एक प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा घुम्नका लागि महँगो र सबैभन्दा सस्तो देश उल्लेख गरिएको छ ।

जसमा लगातार चौथो वर्ष पनि भियतनाम आप्रवासीका लागि विश्वको सबैभन्दा सस्तो देश बनेको छ । ५३ देशहरूको सूचीमा व्यक्तिगत खर्चको हिसाबले भियतनाम शीर्ष स्थानमा रहेको अध्ययनले देखाएको छ ।

यस्तै, वित्तीय स्थिति र खर्चयोग्य आम्दानी धेरै भएपनि महँगो रहने देशमा क्यानडा पहिला स्थानमा रहेको छ ।

अध्ययनमा विश्वका १७४ देशका १२ हजार भन्दा धेरै आप्रवासीहरू सहभागी भएका थिए ।

सस्तो देश

भियतनाम

कोलम्बिया

इन्डोनेसिया

पानामा

फिलिपिन्स

भारत

मेक्सिको

थाइल्यान्ड

ब्राजिल

चीन

महँगो देश

क्यानडा

फिनल्यान्ड

अमेरिका

आयरल्यान्ड

नर्वे

सिंगापुर

न्यू जिल्यान्ड

बहराइन

टर्की

कुवेत

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*