नेपालमा “नाइरोबी फ्लाइ” किराको आतंक, यस्ताे छ यसबाट बच्ने उपाय

जनपत्र
१ श्रावण २०८१, मंगलवार ०६:०७

वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका छन्  ।
मानिसको शरीरमा किराकाे आक्रमणपछि एक किसिमको रसायन निस्कन्छ। उक्त रसायन (pederin) पेडेरिनले छालामा एलर्जी गराउँछ।
पेडेरिन भनेर चिनिने रसायनले छाला जलन हुन सक्छ, जसले गर्दा छालामा घाउहरू वा असामान्य दागहरू हुन सक्छ। छाला सामान्यतया एक देखि दुई हप्ता भित्र निको हुन थाल्छ, तर किटाणुकौ संक्रमणले घाउ बिग्रिन सक्छ।
पछिल्ला दिन जिल्लाका सरकारी स्वास्थ्य संस्था र निजी मेडिकलमा यस्ता सङ्क्रमित फेला पर्न थालेका हुन् । सङ्क्रमितको छाला रातो हुने, फोका–फोका आउने, चिलाउने, पाक्नेलगायतका लक्षण देखा पर्दछन् । स्वास्थ्यकर्मीले नाइरोबी फ्लाइको उपचार हुने जनाउँदै नआत्तिन आग्रह समेत गरे । यसबाट विशेषगरी बालबालिका र वृद्धवृद्धालाई जोगाउनु पर्ने उनीहरूको सुझाव छ ।
यसबाट बच्नका लागि निम्न सुरक्षात्मक उपायहरू अपनाउन सकिन्छ:
१. किरालाई हातले नछुने :
यदि किरा तपाईँको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुक्नुस्, नमार्नुहोस्।
२. सुरक्षात्मक लुगा लगाउनुहोस्
लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्न सकिन्छ।
३. झुल प्रयोग गर्नुहोस्:
रातमा झुलभित्र सुत्नाले किराबाट टाढा राख्न मद्दत गर्छ।
४. झ्याल र ढोकाहरू बन्द राख्नुहोस्
झ्याल र ढोकामा जाली राख्नाले किराहरू भित्र पस्नबाट रोक्न सक्छ।
५. बाहिरी बत्ती घटाउनुहोस्
किराहरू उज्यालोमा आकर्षित हुन्छन्, बाहिरी बत्ती कम गरेर किराहरू घटाउन सकिन्छ।
६. सफा वातावरण राख्नुहोस्:
आफ्नो वरिपरि सफा राख्नाले किराहरू आकर्षित हुनबाट रोक्न सकिन्छ।
के गर्ने?
छालालाई तुरुन्तै धुनुहोस् ।
यदि तपाईँको छालामा त्यस्ता किराहरू पर्‍यो वा छुनुभयो भने छालालाई साबुन र पानीले तुरुन्तै धुनुहोस्। साधारण भ्यासलिन लगाउनुहोस्। सकेसम्म छिटो चिकित्सक सहायता लिनुहोस्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*