सकिए कि बाँकी नै छन् प्रचण्डका उथलपुथल ?

जनपत्र
२२ असार २०८१, शुक्रबार १५:१८

कसैलाई मन परोस् वा नपरोस्, परिणाम जे आओस्; आफ्नै हत्केलाको ‘भाग्यरेखा’ मेटियोस् वा आफ्नै हातको बञ्चरोले आफ्नै घुँडा ताछोस्— प्रचण्डलाई बेलाबेला उथलपुथल त गर्नै पर्छ ।

नेपाली राजनीतिमा यो ‘नेचुरल क्यारेक्टर’ हो उनको । यही चरित्रले उनलाई देशको राजनीतिमा करिब तीन दशक एक ‘जबर्जस्त व्यक्तित्व’ बनाइरह्यो ।

२०४३ सालमा एउटा सानो राजनीतिक समूह नेकपा (मशाल) बाट नेतृत्वमा उनको उदय भएको थियो । अनौपचारिक भाषामा त्यसलाई ‘मोटो मशाल’ मनिन्थ्यो ।

अरूले मोहन वैद्य ‘किरण’ लाई प्रचण्डका ‘दार्शनिक गुरु’ भनिदिन्छन् । प्रचण्डलाई भने यस्तो कुुरा कत्ति मन पर्दैैन । प्रचण्डलाई यो ‘गुरु–शिष्य’ सम्बन्ध खासै सहज लाग्दैन । पुष्पलाल श्रेष्ठ, मोहनविक्रम सिंह, निर्मल लामालाई त उनले ‘गुरु’ स्वीकार गरेनन्, वैद्य कामरेडको के कुरा !

तर, वैद्यकालको ‘सेक्टर काण्ड’ नै त्यस्तो घटना थियो– जसले एउटा सानो राजनीतिक समूहकै सही प्रचण्डलाई मूल नेता बनायो । विगत ३८ वर्षदेखि उनी त्यही समूहको नेता छन् ।

तिनै प्रचण्डको राजनीतिक भविष्यबारे गम्भीर प्रश्न उठेको छ आज । उनी तीन पटक देशको प्रधानमन्त्री भएर सत्ताबाट बाहिरिंदैछन् भने उनको राजनीतिक भविष्यबारे अनेक प्रकारका अनुमान र विश्लेषण गरिंदैछन् ।

फेरि छप्ल्याङ आयो

२०५१ सालमा युद्ध सुरु गर्नुअघि तत्कालीन (एकता केन्द्र) अर्थात् माओवादीभित्र ‘छप्ल्याङको कथा’ खुबै चर्चित थियो । कथा अनुसार जंगलको बीचमा एक चउर थियो र त्यसको बीचमा एक पोखरी थियो । जंगली जनावर भोजन, आहारपछि पानी खान पोखरीमा आउँथे र चउरमा सुस्ताउँथे ।

एक मध्यदिन पोखरीबाट आवाज आयो– छप्ल्याङ ! पोखरीमा के खस्यो, को हाम फाल्यो, आवाज किन र कसरी आयो कसैले देखेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*