रिलायन्स स्पिनिङ : महँगो मूल्य, शंकास्पद वित्तीय विवरण

जनपत्र
२१ असार २०८१, बिहीबार १२:४९

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दैछ । बुक बिल्डिङ विधिबाट कम्पनीको आईपीओ मूल्य तय भएको हो ।

संस्थागत लगानीकर्ताले नै माथिल्लो मूल्यसीमा प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरले आईपीओ किनेका छन् । जसले सर्वसाधारणलाई त्यसको १० प्रतिशत कम अर्थात् कित्ताको ८२० रुपैयाँ ८० पैसा पर्ने भएको हो ।

कम्पनीले कुल जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६ सय कित्ता सेयर मात्रै सर्वसाधारण समूहमा जारी गर्न लागेको हो ।

सर्वसाधारण समूहबाट ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर संस्थागत लगानीकर्ताले पाएका छन् । बाँकी ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९ सय ६० कित्ता आमसर्वसाधारण, वैदेशिक रोजगारमा रहेका र प्रभावित स्थानीयका लागि जारी हुन्छ । वैदेशिक रोजगारमा रहेकाका लागि २७ असारदेखि आवेदन खुल्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*