गिरीजाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले फोटो प्रदर्शनी र बहस गर्ने
काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभापति गिरीजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा बहस र फोटो प्रदर्शनी गर्ने भएको छ ।
१८ असारमा पूर्वप्रधानमन्त्री समेत रहेका कोइरालाको शताब्दी जन्मजयन्ती मनाउने गरी फरक–फरक सेसनका कार्यक्रम तय गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार हुने जन्मजयन्ती कार्यक्रमको पहिलो सेसन फोटो प्रदर्शनी राखिएको छ ।







