प्रदेश ३ मा नयाँ पर्यटकिय गन्तव्यको खोजी गर्दै विदेशी पर्यटक धेरै भित्रयाउँछौ–मन्त्री नेपाल

हरि हुमागाईं
९ आश्विन २०७६, बिहीबार ०५:४९

हेटौंडा । प्रदेश–३ मा स्वदेशी तथा विदेशी पर्यटक धेरै भित्रयाउनका लागि निकै तयारी गरिएको छ । जुन सुकै देशबाट पनि पर्यटक नेपाल भित्रदा पहिले प्रदेश ३ का पर्यटकिय क्षेत्र भएकाले उनीहरुलाई पहिले स्वागत गर्ने तयारी गरिएको छ । प्रदेश भित्रको पर्यटकिय क्षेत्र काठमाण्डौ, सौराहा, मकवानपुरको इन्द्रसरोवर, जुगल हिमाल लगायतका क्षेत्रमा पर्यटकलाई घुमाउने तयारी गरिएको प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वताउनुभयो ।

प्रदेशमा भएका पर्यटकिय क्षेत्रको विकास गर्ने र नयाँ पर्यटकिय गन्तव्य निर्माण गर्ने तयारीमा रहेको मन्त्री नेपालले वताउनुभयो । पर्यटन क्षेत्रमा प्रदेश सरकारले वजेट छुट्याएर काम गरिएको वताउँदै उहाँले भन्नुभयो–‘पर्यटकिय पूर्वाधारका क्षेत्रमा वजेट छुट्याएर काम गर्न लागिएको हो । यसमा संघिय सरकारको अभियान भिजिट वर्षलाई सफल वनाउन हामी पनि सहयोग गर्दै छौ । हामिले नयाँ पर्यटकिय गन्तव्य पहिचान गर्दै विकास गरेर पर्यटकलाई अड्याउन र घुम्न सक्ने वातावरण तयार पार्दै छौ ।’

नेपालमा पर्यटक भित्रने पहिलो गन्तव्य प्रदेश ३ रहेकाले यसको बिशेष तयारी गरिएको छ । पर्यटक सम्वन्धी मुख्यमन्त्री डोरमणि पौडेल संरक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल अध्यक्ष रहेको प्रदेश स्तरिय समिति वनाएर काम सुरु गरिएको छ । धेरै भन्दा धेरै पर्यटक भित्रयाउनका लागि प्रदेश स्तरको समितिको बैठक पनि वसेको छ । प्रदेशका एक सय १९ वटै स्थानीय तहमा पर्यटन समिति गठन गरेर काम पनि सुरु गरिएको छ ।

पर्यटकलाई धेरै दिन सम्म अड्याउन सक्ने अवस्था नरहेकाले धेरै भन्दा धेरै दिन सम्म भ्रमण गर्न सक्नेगरी तयारी रहेको मन्त्री नेपालले वताउनुभयो । पर्यटकिय शहरहरुलाई हरेक महिना सरसफाई गर्नेगरी काम गरिदै छ । स्थानीय सरकार, प्रदेश सरकार, नेपाली सेना, नेपाल प्रहरी लगायतकाको सहभागितामा सरसफाईको काम पनि गरिदै छ ।

भिजिट नेपाल २०२० लाई सफल बनाउन प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दुई अर्ब ८७ करोड रुपैंया बजेट विनियोजन गरेको छ । मन्त्रालयले आलु आर्थिक वर्ष २०७६र०७७ मा प्रदेशका विभिन्न जिल्लामा पर्यटन प्रर्वद्र्वन गर्दै भिजिट नेपाल २०२० लाई सफल बनाउन दुई अर्ब ८७ करोड ९५ हजार रुपैया विनियोजन गरेको हो ।

मन्त्रालयले पर्यटन पुर्वाधार विकास कार्यक्रमको लागी एक अर्ब एक करोड ५३ लाख ९५ हजार र स्थानीय पर्यटन प्रवद्र्वन कार्यक्रमको लागी ५९ करोड ७५ लाख रुपैया छुट्याएको छ । मन्त्रालयले पर्यटन पुर्वाधार विकास कार्यक्रम अन्तर्गत उपत्यका क्षेत्रका ३ जिल्ला बाहेक १० वटा जिल्लाका एउटा÷एउटा पर्यटकिय गन्तव्य निर्माण गर्ने, प्राचिन गढीहरुको पुननिर्माण गर्ने योजना बनाएको छ ।

त्यस्तैगरि रसुवा र सिन्धुपाल्चोकको सिमानामा रहेको गुञ्जला पासमा पैदल मार्ग निर्माणको लागी ३ करोड, जुगल र गौरीशंकर हिमालको परिपथ निर्माणको लागी पचास लाख, १० स्थानमा हिल स्टेशन अन्तर्गत भ्युटावर, बगैचा, विश्राम घर तथा मनोरञ्जन घर निर्माणको लागी दश करोड रुपैया विनियोजन गरेको छ ।

शैलुङ् पर्यटकिय क्षेत्रमा पुर्वाधार निर्माणको लागी एक करोड पचास लाख, हेटौंडामा सिटी भ्यु टावर निर्माणको लागी दुई करोड, रुबी भ्याली गणेश हिमाल पदमार्ग निर्माणको लागी २० लाख, होमस्टे सञ्चालन गर्न चाहनेलाई सिप विकासको तालिम प्रदान गर्न ३५ लाख, लोकमार्गको किनाराको होटलमा अतिथि सत्कार र सरसफाईको लागी २० लाख, भिजिट नेपाल २०२० प्रदेश पर्यटन दशक २०२० देखी २०३० को प्रवद्र्वनात्मक कार्यक्रमको लगी १० लाख र पर्यटन प्रवद्र्वनलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रचारप्रसारको लागी ३५ लाख, सामाजिक सञ्चालबाट प्रचारप्रसार गर्न २० लाख गरि एक अर्ब एक करोड ५३ लाख ९५ हजार छुट्याएको हो ।

विश्व पर्यटन दिवसका अवसरमा जनप्रत्र डटकमका प्रधान सम्पादक हरि हुमागाईले प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल संग कुराकानी गर्नु भएको छ । अडियो कुराकानी सुन्नका लागि तल क्लीक गर्नुहोला ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*