आंगिक कलेजहरुमा निजी व्यापार र भ्रष्टाचार भइरहेको छ : प्रभु साह

जनपत्र
१४ असार २०८१, बिहीबार १५:३५

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले आंगिक कलेजहरुमा निजी व्यापार भइरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘सरकारी कलेजहरु, खासगरी आंगिक कलेजहरुमा निजी व्यापार भइरहेको छ । सरकारी कलेजहरुमा प्राइभेट कलेजहरु जसरी निजी अनुमति लिने र अकुत पैसा उठाएर ब्यापार गर्ने त्यो खुलेआम भ्रष्टाचार भइरहेको छ’ उनले भने, ‘यसको अवस्था के हो हामी जान्न चाहन्छौं ।’

सरकारी पैसाबाट तलब खाने, सरकारी पैसाबाट पूर्वाधारमा निजी अनुमति लिएर पैसा उठाउने र अपारदर्शी ढंगले त्यसको दुरुपयोग गर्ने काम आंगिक कलेजहरुमा भइरहेको उल्लेख गर्दै उनले यस्तो कार्य रोक्न माग गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*