प्रदेशमा ९० प्रतिशत बजेट खर्च गर्नेगरी काम थाल्दै छौं–मन्त्री ढुङ्गेल

हेटौंडा । प्रदेश नम्बर ३ सरकारले चालु आर्थिक वर्ष २०७६–०७७ मा ९० प्रतिशत भन्दा बढी खर्च गर्ने तयारी गरेको छ । बितेको आर्थिक वर्ष २०७५–०७६ मा ६१ प्रतिशत मात्र बजेट खर्च गरेको प्रदेश सरकारले यो वर्ष भने ९० प्रतिशत खर्च गर्ने तयारीका साथ काम थालेको हो ।
गत वर्ष कानूनको अभाव, कार्यबिधि नहुनु, कर्मचारीको अभावको समस्या भोग्दै आएपनि चालु आर्थिक वर्षमा त्यो समस्या हटेकाले अव वजेट खर्च गर्नका लागि अलमल गर्ने कुनै कारणनै नरहेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले वताउनुभयो ।
तीन तहका सरकारले कुनै पनि बिकास निर्माणका काम गर्दा दोहोरो पना नगरेको वताउँदै उहाँले भन्नुभयो–‘तीन तहका सरकार अहिले सहकार्य गरेर काम गर्न सुरु गरेका छौ । एउटा सरकारले गरेका काम अर्को सरकारले दोहोरो पना दिने काम रोक्नुका साथै सहकार्य र परामर्ष गरेर काम गरेका छौ ।’ यही असोज महिनाबाट प्रदेश सरकारले वजेटका सबै कार्यबिधि बनाएर कार्यान्वयनको कामलाई पनि तिव्रता दिने गरी काम थालिएको उहाँले वताउनुभयो ।
प्रदेश नम्बर–३ को आर्थिक मामिला तथा योजना मन्त्रालयले स्थानीय तहमा जाने अनुदान रकम पठाउने तयारी गरेको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि बजेट मार्फत ल्याएको स्थानीय तहको अनुदान रकम पठाउने गरी तयारी थालिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले वताउनुभयो ।
स्थानीय तहमा अरु क्षेत्रमा समेत जाने सशर्त अनुदान, बिशेष अनुदान, नियमित अनुदान रकम पठाउनेगरी कार्यबिधि बनाउन सुरु गर्न लागिएको उहाँले वताउनुभयो । प्रदेशको राजस्व संकलनको कामलाई पनि प्रदेशले बिशेष तयारी गरेको छ । गतवर्षकै ढुङ्गा, गिट्टी वालुवाको राजस्व रकम संकलन गर्न समस्या भोग्दै आएको प्रदेश सरकारले चालु आर्थिक वर्षमा भने राजस्व संकलन व्यवस्थित बनाएर काम गर्ने तयारी गरिएको मन्त्री ढुङ्गेलले वताउनुभयो ।
यसैगरी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याइएको बजेट कार्यान्वयनको कामलाई तयारी गर्दै काम सुरु गरेको छ । बजेट कार्यान्वयनका लागि परेका समस्या फुकाउँदै कार्यान्वयनमा अगाडी वढीएको उहाँले वताउनुभयो ।
प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलसंग जनपत्र डटकमका प्रधान सम्पादक हरि हुमागाईले गरेको यो अडियो कुराकानी तल क्लीक गरेर सुनौ ।