सुनको भाउ आज यथावत्

जनपत्र
१२ असार २०८१, मंगलवार १२:२८

काठमाण्डौ – सुनको भाउ आज हिजोकै भाउ तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँ भएको थियो ।

आज यो भाउ यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर तोलाको एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*