ह्याकरले फेरि लुटे कृषि विकास बैंकको करिब २ करोड, ३ जना रकम निकाल्दै गर्दा काठमाडौंबाट पक्राउ

जनपत्र
८ आश्विन २०७६, बुधबार ०६:०४

ह्याकरले कृषि विकास बैंकको करिब २ करोड रुपैयाँ लुटेका छन्। बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्फर गरिएको उक्त रकम ह्याकरले लुटेका हुन्। ह्याक गरिएको उक्त रकम काठमाडौंबाट निकाल्न लाग्दा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई मंगलबार दिउँसो ह्याक गरी लुटिएको रकम निकाल्दा निकाल्दै प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेकाहरुको नाम गोप्य राखेको छ भने कसरी ह्याक गरी रकम निकालियोे भन्नेबारे पनि केही बताएको छैन। पक्राउ परेका व्यक्ति नेपाली नैे हुन् वा विदेशी नागरिक हु्न भन्नेबारे पनि प्रहरीले केही खुलाएको छैन। प्रहरीले यसबारे बैंकका कर्मचारीसहितको सहयोगमा अनुसन्धान सुरु गरेको छ। बेलैमा पक्राउ गरिएकाले ह्याक गरी निकाल्न लागिएको ठूलो रकम जोगिएको प्रहरीले जनाएको छ।

यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले झण्डै २ करोड रुपैयाँ विभिन्न बैंकको ह्याक गरी निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो। जसमध्ये ५ चिनियाँ एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए। २ चिनियाँ भने अझै फरार छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*