काठमाडौं महानगरको नीति तथा कार्यक्रममाथि छलफल सुरु

जनपत्र
११ असार २०८१, सोमबार १३:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।

२ असारमा हुने भनिएको छलफलमा प्रमुख तीन राजनीतिक दलबाट निर्वाचित वडाध्यक्षहरूले नगरसभा बहिष्कार गरेपछि मेयर बालेन साहले बैठक स्थगित गरेका थिए ।

चालु आर्थिक वर्ष २०८०/८१ को प्रगति, समीक्षा र आगामी आर्थिक वर्षका लागि शुक्रबार आफूले पेस गरेको महानगरको नीति तथा कार्यक्रममाथि बोल्न चाहनेहरूका लागि नाम टिपाउन ५ मिनेट समय दिएका थिए ।

नगर सभामा दलका तर्फबाट संशोधन प्रस्तावहरू संयोजन गर्न जिम्मा पाएका कांग्रेस, एमाले र एकीकृत समाजवादीका तीनै जना वडाध्यक्षहरू हलभित्र नदेखिएपछि नगर सभा सदस्यहरू धमाधम उठेर हिँडेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*