मासुको प्रचार सामग्रीमा गाईको तस्बिर राखेपछि…

जनपत्र
८ आश्विन २०७६, बुधबार ०५:५८

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तरगतको पशु सेवा विभागले पशुपंक्षीजन्य उत्पादनको उपभोगलाई गुणस्तरीय बनाउन तयार पारिएको प्रचार सामाग्रीमा राष्ट्रिय जनावर गाईको तस्बिर राखिएको प्रति क्षमा मागेको छ । मासुजन्य पदार्थको उपभोगलाई गुणस्तरीय बनाउन तयार पारिएको प्रचार सामाग्रीमा राष्ट्रिय जनावर गाईको तस्बिर राखिएको भन्दै सर्वसाधारणले व्यापक विरोध गरेपछि विभागले मंगलबार दिउँसो विज्ञप्ति जारी गरेर क्षमा मागेको हो ।

“हाल उक्त त्रुटि सच्याईसकिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदै प्राविधिक कारणले हुन गएको र त्रुटिप्रति पशु सेवा विभाग हार्दिक क्षमा याचना गर्दछ,” विभागका महानिर्देशक डा। बंशी शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले विज्ञप्तिमार्फतनै प्रचार–प्रसारका लागि तयार पारिएका पोस्टरहरुमध्ये एउटा पोस्टरमा छपाईको त्रुटिका कारणले गाईको तस्बिर भूलवस पर्न गएको पनि बताएका छन् । राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहरभवनको बा २ झ ३८११ नम्बरको भ्यानमा पशुपंक्षीजन्य उत्पादनहरुको उत्पादन, प्रशोधन तथा उपभोगलाई गुणस्तरीय बनाउने उदेश्यले टांगिएको पोस्टरमा राष्ट्रिय जनावर गाईको तस्बिर देखिएपछि सामाजिक सञ्जालमा विभागको व्यापक आलोचना भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*