हेटौंडा–९ मा टोल बिकास स्तरिय सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

जनपत्र
७ आश्विन २०७६, मंगलवार १९:०९

हेटौंडा -९ मा आजबाट सुरु भएको दोस्रो टोल बिकास स्तरिय सेभेन ए साइड फुटबल प्रतियोगितामा साबिक बिजेता शान्तिचोक टोल ए ले बिजयी सुरुवात गरेको छ ।

हेटौंडा उपमहानगरपालिका ९ नं. वडा कार्यालयको प्रायोजन तथा टोल बिकास संस्था वडा समन्वय समिती हेटौडा ९ र मकवानपुर बेरोजगार युवा संगठनको संयुक्त आयोजनामा भएको फुटबल प्रतियोगिताको उद्घाटन खेलमा धर्मपथ बङ्गलामुखी टोललाई २-१ गोलअन्तरले पराजित गर्दै शान्तिचोक टोल ए बिजयी भएको हो ।

निर्धारित ४० मिनेटको खेलको पहिलो हाफमा १-० गोलले पछाडि परेको साबिक बिजेताले दोस्रो हाफमा खेललाई सुधार गर्दै खेलको नतिजालाई २-१ गोलले आफ्नो पक्षमा पारेको हो । खेलको पहिलो हाफको अतिरिक्त समयमा धर्मपथको तर्फबाट सन्दिप थापाले गोल गरेका थिए भने दोस्रो हाफको पहिलो मिनेटमा नै शान्तिचोक टोलको डेबिट लामाले गोल गर्दै खेलको नतिजा १-१ गोलको बराबरिमा पुर्‍याएका थिए ।

३५ औं मिनेटमा शान्तिचोकका बिमल लामाले हेडिङ गर्दै गरेको गोलसँगै शान्तिचोक बिजयी भएको हो । भोलि प्रतियोगिताको ३ खेल हुँदैछ । भोलिको पहिलो खेलमा बिहान ७ बजे लामसुरे हाईट टोलले साबिक उपबिजेता दिब्यपथ टोलको सामना गर्ने आयोजकले जनाएको छ । दोस्रो खेल ओम टोल र पशुपती टोल र तेस्रो खेल मदनपथ टोल र माल्दिभ्स टोल बिच हुने छ । टोल बिकास संस्था वडा समन्वय समिती हेटौडा ९का अध्यक्ष यदुवंश खतिवडाको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगिताको बिजेताले नगद २५ हजार रुपैयाँ र उपबिजेता टिमले १५ हजार रुपैयाँ पाउने बताइएको छ ।

दिब्यपथ टोललाई सहयोग

हेटौंडा ९ मा असोज ७ गतेबाट सुरु भएको टोल बिकास स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि साबिक उपबिजेता दिब्यपथ टोल बिकास संस्थालाई जर्सी, बुट तथा आर्थिक सहयोग प्राप्त भएको छ ।

प्रतियोगिताको लागी हेटौंडा ९ मै रहेको आर्ट, क्राफ्ट, डेकोर एण्ड फर्निचर प्रा. लि. तथा हेटौंडा ९ निवासी दीर्घ पौडेलले १० जना खेलाडी तथा टिम प्रशिक्षक र म्यानेजरलाई जर्सी र बुट सौजन्य गर्नुभएको छ । कम्पनिका सञ्चालक दिब्यपथ निवासी रमेश शर्माले मंगलबार टिम प्रशिक्षक रंजन पौडेललाई जर्सी तथा बुट हस्तान्तरण गर्नुभएको हो ।

यस्तै टोलबासी अनुप लामा, कृष्ण/ जुनु श्रेष्ठ, श्री कृष्ण आदर्श सेकेण्डरी इङलिस बोर्डिङ स्कुल, दमयन्ती कन्स्ट्रक्सन एण्ड सप्लाई प्रा. लि. काठमाडौंका सञ्चालका शशी ढकाल, महालक्ष्मी इलेक्ट्रीकल्स एण्ड रेफ्रीजरेसन, स्कुलरोडका सञ्चालक बिनोद ढकालले मुख्य आर्थिक सहयोग प्रदान गर्नुभएको छ भने सम्पुर्ण दिब्यपथ टोल बासिले समेत केही रकम संकलन गरि सहयोग प्रदान गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*