हेटौंडा–१२ मा घरघरै पानी पाउँदा स्थानीय वासिन्दाहरु खुसी

बागमती प्रदेश सरकारको एक घर एक धारा जडान गर्ने अभियानलाई सार्थकता दिनका लागि पानीका श्रोतहरु पहिचान गर्दै लाखौं रुपैयाँ लगानी गरेर खानेपानीका योजना सञ्चालन गरिएको छ ।
जनपत्र
८ असार २०८१, शुक्रबार ०७:१३

मकवानपुर । मकवानपुर जिल्ला हटौंडा उपमहानगरपालिका वडा न १२ । सुन्दा लाग्नसक्छ उपमहानगरभएपछि सबै सुविधाले भरिपूर्ण होला । ‘दुरदराजमा पो विकास ढीलो हुन सक्छ उपमहानगरमै त आधारभूत आवश्यकता पु¥याउन के समस्या होला र’ भन्ने बुझाइको विपरीत जीवन बिताइरहेका थिए हेटौंडा १२ पानतलेका स्थानीयहरु ।

मानव शरिरमा लाग्ने धेरै जसो रोग शंक्रमण पानीको कारण लाग्छन् भन्ने जानकारी हुँदा हुँदै पनि उनीहरु खोला र खोल्साको पानी पिउन बाध्य थिए । त्यो पनि बिना कुनै परिक्षण । वर्षौदेखि आफूहरुले प्रयोग गर्दै आएको पानीको मुहान कुवा तथा खोल्साको स्रोत समेत २०७२ को विनाशकारी भुकम्पपछि सुक्यो ।

“कुनै स्रोत सुक्यो, कुनै धेरै तल तल धासियो, पानीको दुख र हण्डर त कति हो कति” स्थानीय रविन्द्र खड्काले भने । कतिपय स्थानीयहरुले ट्युबेलको पानी पिउने गरेकोमा त्यो पनि भुकम्पपछि सुकेको उनी बताउँछन् । हेटौंडा १२ आलदमार क्षेत्रका स्थानीयहरुले पिउन प्रयोग गर्ने गरेको बोरिङको पानी समेत सुकेपछि समस्या भएको उनले बताए ।

“पानीको अभाव हुदाँ सबै काममा समस्या हुन्थ्यो, पानीबिना त के काम बन्छ र” स्थानीय भगवती अर्याल भन्छिन् “यसरी घरैमा पानी आउला र आफूखुसी आवश्यकता अनुसार पानी प्रयोग गर्न पाइएला भन्ने नै थिएन ।”

जनताको आवश्यकतामा सरकारले साथ दिएको खुसी प्रकट गर्दै उनले भनिन् “यसरी सरकारले हाम्रो समस्यामा साथ दिने रहेछ, अब हामीले पानीको मुहान संरक्षणमा के गर्नुपर्छ हामी गर्छौ ।” स्थानीय भिमेसन स्याङ्तानका अनुसार अहिले पानीकै कारण स्थानीयको करेसाबारी समेत हरियाली छन् । भाँडा माझेको, लुगा धोएको, नुहाएको पानी उनीहरुले करेसाबारीमा प्रया¬ेग गर्छन् ।

पानीको उपभोग सहजै भएपछि स्थानीयले सरकारबाट अभिभावकत्व आभाष गरेको खड्काले बताए । आफूहरुले तिरेको कर आफूहरुकै हितमा प्रयोग हुन्छ भन्ने बल्ल व्यवहारमा देखिएको स्थानीय आइतराम थिङले बताए । “गाविसको कर तिरीरहेका हामीले एक्कासी उपमहानगरको कर तिर्नुप¥यो, एक्कसी करमा तेब्बर दाबि सरकारले ग¥यो, हाम्रा लागि के ग¥यो भन्ने लाग्थ्यो, खानेपानीको योजना ल्याएर हामीलाई अभिभावक छ भन्ने बुझायो” उनले भने ।

खानेपानी उर्जा तथा सिंचाइ मन्त्रालय अन्तरगतको खानेपानी तथा सरसफाइ डिभिजन १ को कार्यालय हेटौंडाको लगानीमा यहाँ गतवर्षदेखि खानेपानी योजनाको काम भइरहेको छ । हालसम्म २ हजार ६ सय घरमा पानीको धारा जडान गरिसकिएको छ । उनीहरुको घरघरमा धारा र मिटर जडान गरिपछि स्थानीयको मुहारमा खुसीको चमक छाएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष टोलप्रसाद दंगालले बताए । “घर, आँगनमा पानी झरेको छ, वर्षौदेखीको पीडामा मल्हम लगाएको जस्तो भएको छ” अध्यक्ष दंगालले भने “अझै सबैको घरमा पानी झर्न सकेको छैन ।”

वषौं देखि पानीको समस्या भएको यस क्षेत्रमा अहिले पानीको सुविधा पुर्याएपछी स्थानीय वासिन्दाहरु खुसी भएको खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाका प्रमुख हरिराम पौडेलले बताए । बागमती प्रदेश सरकारको एक घर एक धारा जडान गर्ने नीति अनुसार काम गरिएको बताउँदै पौडेलले भने–‘हरेक घरमा पानी पुर्याउँछौं । पानीको माग दिनहुँ बढीरहेको छ । त्यही अनुसार पनि काम गरिरहेका छौं । पानीका श्रोतहरु थप गर्दै सबै घरमा पानी पुर्याउने लक्ष रहेको छ ।’ यो योजना निकै पुरानो रहेको र अहीले भने घरघरमा पानी पुर्याउन सफल भएको उनले बताए ।

दंगालका अनुसार उपभोक्ता समिति अन्तरगतको काम आगामी आर्थिक वर्षमा समेत जारी रहने छ । हालसम्म २६ सयघरमा पानी पु¥याइयो, यही योजनाले ३५ सय घरमा पानी पु¥याउने लक्ष्य छ ।” अघिल्लो आर्थिक वर्षबाटसुरु गरिएको काममा चालु आर्थिक वर्षमा ५० लाख लगानी गरिएको खानेपानी तथा सरसफाइ डिभिजन १ को कार्यालयका सूचना अधिकारी सव इञ्जिनियर राजन सापकोटाले बताए ।

यसको लागि चालु आर्थिक वर्षमा १५० घनमिटर क्षमताको ट्याङ्की गरिएको थियो । यस अघि मुहानको पानी संकलनको लागि इन्टेक ट्याङ्की र त्यहाँबाट ओभरहेड ट्याङ्कीमा पानी भण्डारण गरिएको छ । यो योजना अन्तरगत गतसाल नै ४ वटा समवेल निर्माण गरिएको थियो । यसैगरी २ वटा ओभरहेड ट्याङ्की पनि निर्माण गरिएको थियो । हाल निर्माण सम्पन्न भएको ट्याङकीमा २ लाख लिटर पानी भण्डारण हुनसक्छ । जसबाट हाल हेटौंडा १२ को पोत्रे, सल्लेदमार, आँपधाप, आलदमारलगायतको क्षेत्रमा पानी वितरण सुरु गरिसकिएको छ । योजना सम्पन्न हुँदासम्म हेटौंडाको १२ नम्बर वडा र १३ नम्बर वडाका स्थानीय लाभान्वित हुने छन् ।

स्थानीय चकरी खोलाको पानी समवेलमार्फत ट्याङ्कीमा संकलन र भण्डारण गरिएको छ । ट्युबेलबाट लिइने पानी कहिले धमिलो आउने, कहिले पर्याप्त नै नहुने जस्ता कारण आजित स्थानीयहरुलाई हाल उपलब्ध गराइएको पानीको गुणस्तर समेत समय समयमा जाँच गरिने गरेको छ । “मासिक रुपमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले पानीको गुणस्तर जाँच्ने गरेको छ” खड्काले भने “अब पानीको कारण लाग्ने रोगहरुको भय पनि टरेको छ ।

विद्यालयमा पानीको भरपर्दाे व्यवस्थापन

यो क्षेत्रमा यही योजना सफल भएपछि संस्थागत र सामुदायिक गरी ५ वटा विद्यालयहरु पनि लाभान्वित भएका छन् । विद्यालयमा पर्याप्त पानी नहुँदा समस्या खेप्दै आएका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई राहत भएको छ । विद्यालयमा पानीको पर्याप्ता नहुँदा शौचालय प्रयोगमा सबैभन्दा बढी समस्या छात्राहरुले खेप्दै आएका थिए ।

“खाने पानी त विद्यायलको धारामा नहुँदा घरबाट पनि ल्याइन्थ्यो, नजिकै छिमेकीको ट्युबेल÷घरबाट पनि ल्याउन पाइन्थ्यो, ट्वाइलेटमा पानी नहुँदा धेरै कष्ट हुन्थ्यो” महेन्द्र माविकी एक छात्राले भनिन् “महिनावारी हुँदा ट्वाइलेटमा पानी नभएकै कारण पनि विद्यालय आउन मन लाग्दैनथ्यो ।” यसैकारण कतिदिन पढाइ पनि छुट्ने गरेको उनले बताइन् ।

विद्यार्थीहरुलाई समस्या नहोस भनेर विद्यालयहरुले पनि आकाशे पानी संकलन गर्ने, वर्षे पानी संकलन गर्नेसम्मका कार्य गर्ने गरेको थिए । अहिले खानेपानी योजनामार्फत पानी वितरण भएपछि सबै विद्यालयमा पानीको पर्याप्तता छ । धारामा मिटर जोडिएको छ,आफूहरुले प्रयोग गरे अनुसारको बिल तिरेपछि सुविधा पाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*