सुनको भाउ एकैदिन ताेलामा एक हजार छ सय रुपैयाँले बढ्यो

जनपत्र
३ असार २०८१, आईतवार १४:२६

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ । शुक्रवार तोलाको एक लाख ४१ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर तोलाको एक लाख ४२ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*